एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

किम र ट्रम्पको पहिलो चरणको ऐतिहासिक शिखर वार्ता सकियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते, मंगलवार ०४:५७

नेपालबाट नजिकै रहेको सिंगापुरमा विश्वका दुई शक्तिशाली राष्ट्रका प्रमुखहरुको बहुचर्चित शिखर बार्ता केहीबेर अगाडी सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको अभूतपूर्व शिखर वार्ताको पहिलो चरणको भेटघाट सकिएको छ ।

केहीबेरअघि सकिएको पहिलो चरणको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प पहिले बाहिर निस्किएका थिए भने त्यसपछि मात्रै किम बाहिरिएका थिए । ऐतिहासिक वार्तापछि दुवै नेताले पहिलो वार्ता फलदायी भएको प्रतिकृया दिएका छन् । राष्ट्रपति ट्रम्पले किमसँगको सम्बन्ध आगामी दिनमा पनि सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे ।

पुराना मतभेदलाई भुलेर आफूहरू अगाडि बढिसकेको भन्दै उनले भने, ‘दुई देशबीच नयाँ शिराबाट सम्बन्ध स्थापति भएको छ । मलाई विश्वास छ, यो सम्बन्ध सौहार्दपूर्ण र दुई देशको हितमा अघि बढ्नेछ । यस्तै, किमले कयौँ बाधालाई चिर्दै यो शिखर वार्ता सम्भव भएको प्रतिकृया दिए । ‘हाम्राबीचमा थुप्रै असमझदारीहरू थिए । कयौँ बाधा थिए । ती सबैलाई चिर्दै हामी वार्तामा बस्न सफल भएका छौँ,’ उनले भने, ‘यसलाई मैले ऐतिहासिक मानेको छु । धेरै नै राम्रो काम भएको छ ।’

दुई नेताबीचको एकान्त ‘वन टु वन’ वार्तामा दोभासेलाई मात्र प्रवेशको अनुमति थियो । दुवै नेताले निधारित समयमा वार्तास्थल पुगेर हात मिलाउँदै आपसमा मित्रभाव प्रकट गरेका छन् । उनीहरुकाबीचमा नाटकीय परिवर्तनलाई इंगित गर्ने यो बहुचर्चित वार्ता सिंगापुरको मूल भूभागदेखि केही सय मिटर टाढा रहेको एउटा प्रसिद्ध पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा सुरु भएको हो ।

भेटवार्ता सुरु हुनुभन्दा ठीक अगाडि ट्रम्पले सबै कुरा एकदम ठीक छ तर यो वार्तामा राम्रो सम्झौता हुन पाउँछ कि पाउँदैन छिट्टै थाहा हुनेछ भनेका थिए । ट्रम्पले किमसँग मिलाएको हात हल्लाउँदै भने, ‘यो सत्य हो ।’ यसैगरी किमले पनि यहाँ सम्म आउन सहज नभएको बताउदै भने “पुरानो पूर्वाग्रहमा हामी थियौं तर अहिले हामीले ति सबैलाई हटाएका छौं ।’

शिखर वार्ताका क्रममा सुरुमा फोटो सेसन सहित सामूहिक भेटवार्ता, त्यसपछि उहाँहरु बीच एक्ला एक्लै भेटवार्ता, विभिन्न दुई पक्षीय भेटवार्ता हुने जनाइएको छ । लामो समय अर्का विरुद्ध चर्को आरोपप्रत्यारोप र एकअर्कालाई सिध्याइदिने सम्मका चेतावनी दिने गरेका दुई नेताका बीचमा हुन लागेको शिखर वार्तालाई अत्यधिक चासोका साथ हेरिएको छ ।  वार्ता सकिएपछि स्थानीय समय अनुसार आज बेलुका आठ बजे नै ट्रम्प अमेरिका फर्किने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु