ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

स्कटल्याण्डकी चर्चित डिजे डेक्सी २ गते चितवन आउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते, मंगलवार ०८:०८

भरतपुर-स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् । ‘सान मिगेल वेट फेष्ट २०१८’मा उनले बिभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली युवायुवती नचाउने भएकी हुन् । यहि शुक्रबार अर्थात २५ गतेबाट सुरु हुने ‘सान मिगेल वेट फेष्ट २०१८’ कार्यक्रम देशको १० प्रमुख शहरमा आयोजना हुनेछ । जसका लागि उनी बुधबार साँझ नेपाल आइपुगेकी छन् । यो उनको पहिलो नेपाल टुर हो ।

बिश्वका उत्कृष्ट डिजेहरु मध्य टप ५० भित्र डेक्सीलाई नेपाल भित्र्याउने काम मेड्ली इभेन्ट मिडिया प्रालीले गरेको हो । राष्ट्रिय तथा अन्टराष्ट्रिय प्रर्यटन प्रवद्धन गर्ने उदेश्य सहित आयोजना हुन लागेको ‘सान मिगेल वेट फेष्ट २०१८’मा नेपालकै सेक्सी डिजे जेनी, पुलपाटीको राज भनेर चिनिएका डिजे प्रज्वल र चर्चित गायक तथा र्यापर मानस घलेको समेत प्रस्तुति रहने आयोजक मेड्ली मिडियाका प्रवन्ध निर्देशक सुमित सिग्देलले बताए । ‘सान मिगेल वेट फेष्ट २०१८’ २५ गते शुक्रबार देखि विर्तामोडबाट सुरु हुँदैछ ।

बितामोडपछि २८ गते इटहरी, असार १ गते हेटौडा, २ गते चितवन, ४ गते नेपालगञ्ज, ५ गते भैरहवा, ८ गते बुटवल, ९ गते पोखरा हुँदै असार ३० गते काठमाडौमा आएर सकिने ब्यवस्थापन तथा संयोजन जिम्बेवारी लिएको नेस्क्ट मोडल नेपालका सिइयो रबि धमलाले जानकारी दिए । नेपाली, हिन्दी र अग्रेजी सबै प्रकारको गीत संगीतबाट डिजेहरुले दर्शक तथा श्रोता नचाउँने कार्यक्रम अभिनेत्री तथा भिजे संध्या केसीले होस्ट गर्नेछिन् । चितवनमा असार २ गते हुने कार्यक्रमको तयारी तीब्र पारिएको छ । शनिबार नारायणगढको होटल सेन्ट्रल पाममा हुने कार्यक्रम दिउँसो १ बजेदेखि राती ८ बजेसम्म तय गरिएको सहज मिडियाले जनाएको छ । सहज मिडियालाई उक्त कार्यक्रमको चितवन कोर्डिनेटर समेत तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु