विश्व बालश्रम विरुद्ध दिवस सहित मिडिया ग्रुपको तेस्रो वार्षिकोत्सव सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते, बुधबार ०५:२०

काठमाडौं  -हरेक वर्ष जुन १२ तारिखमा विश्वभर मनाइदै आएको बालश्रम विरुद्ध दिवस काठमाडौँमा मनाईएको छ ‍।  सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले  बालश्रम बिरुद्ध दिवस जया देबकोटा क्याम्पस हलमा एम्नेष्टि इन्टरनेशनल नेपाल मिडिया ग्रुपको तेस्त्रो वार्षिकोत्सवको अबसरमा  विश्व बालश्रम विरुद्ध दिवस सहितको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ‍।

एम्नेष्टि इन्टरनेशनल नेपाल मिडिया ग्रुपका संयोजक मुकुन्द ढुंगानाको सभापतिमा भएको कार्यक्रममा माननीय सांसद कृष्ण राई  ,एम्नेष्टि इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष राजन कुइकेल ,बौद प्रहरी वृतका प्रमुख श्यामकुमार राई,बरिष्ठ समाजसेबी  गोपाल बराल ,सल्लाकार भवानी पौडेल ,मेयर लगाएतले आ- आफ्नो भनाइ राखेका थिए।

बालश्रम रोकौ ,बालश्रम अन्त्य गरौ ,अबको दिन बालबालिकाको मुखमा मुस्कान , विश्व बालश्रम बिरुद्ध दिवस आदि तथा अंग्रेजीमा बालश्रम भनेको कस्ट दायक र उनीहरुलाई आँसु झार्न न दियौ भन्ने नारा सहितको कुराहरु उठान गरिएको थियो ।

बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रम हो भने नेपाल उच्च ‍बालश्रम दर भएको देश हो ‍। नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष ‍मुनिका ‍प्रत्येक लाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ ‍।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु