स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

सरकारको कार्यशैली र बजेटमा सन्तुष्ट हुने आधार छैन: रायमाझी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३०, बुधबार ०५:२७

काठमाडौं-सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाएका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमझीले भने,‘बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्ग्चित्र आउनुपर्दथ्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन।’क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले सरकारले समृद्धिको कुरा गरेपनि अहिलेसम्म यसको कार्यशैली हेर्दा आफू त्यति सन्तुष्ट नभएको सुनाए ।

उनले भने,‘म सरकारको काम गर्ने शैलीबाट सन्तुष्ट छैन, तर म आशावादी छु।’ उनले पटक–पटक सरकारले हालै ल्याएको यो बजेटको समर्थन गर्ने आधार नै नभएको जिकिर गरे ।मुलुक यतिवेला संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेकोले विकार र समृद्धिको लागि अहिले सरकारसँग पर्याप्त बहुमत र उपयुक्त वातावरण रहेको उनको भनाई थियो । उनले भने,‘अहिलेको सरकारसँग दुई तिहाईभन्दा बढि बहुमत छ, काम गर्न सक्ने वातावरण छ, सरकारलाई कुनै बाधा तथा अड्चन छैन्।’फरक प्रसँगमा उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको वार्ता सुखद भएको प्रतिक्रिया दिए ।

उनले भने,‘यी दुई नेताहरुको वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ।’ यद्धपी नेता रायमाझीले अहिलेको विश्व अलिक बढि निरंकुशतातर्फ ढल्किरहेको पनि बताए ।नेता रायमाझीले ट्रम्प र किमबीचको वार्ताको मुख्य सुरक्षामा गोरखा फौज खटिनु गौरवको विषय भएको बताए । उनले भने,‘यो नेपालीहरुलाई विश्वास गरिएको कुरा हो, हामी सबैको लागि खुशीको कुरो हो।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु