डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३०, बुधबार ०५:३१

काठमाडौं- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको क्षमता प्रदर्शन प्रतियोगिता हुने भएको छ । द लिभिङ डिभाइन फाउण्डेसनको ५ औ स्थापना दिवसका अवसरमा समुदायका व्यक्तिको प्रतिभा देखाउने प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ वर्ष देखि ३० वर्ष सम्मका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कुनै पनि सदस्यले आवश्यक विवरण सहित फर्म भर्न पाउने छन् ।

फर्म निःशुल्क भर्न सकिने फाउण्डेसनका संस्थापक अध्यक्ष आचार्य डाक्टर ऋसर्भ रेशुले जानकारी दिए । नेपालमा नील हिरा समाज बाहेक एलजिबिटिआईलाई नै समावेश गरेर प्रतिभा देखाउने कार्यक्रम गर्न लागेको द लिभिङ डिभाइन फाउण्डेसन दोस्रो संस्था हो । नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मे १७ का दिन तेस्रोलिंगी महिलाको क्षमता अभिवृद्धिका लागि मिस पिंक आयोजना गरेको थियो । समाजले हरेक बर्ष मे १७ का दिन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

फाउण्डेसनले भने पहिलो पटक आफ्नो स्थापना दिवसका अवसरमा समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी र अन्य समुदायलाई सहभागी गराएर मिष्टर एण्ड मिसेस रेन्वो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी हुनेले असार १५ गतेसम्म फर्म भर्न पाउनेछन् । छनौट भएका प्रतियोगीहरुलाई फोन र ईमेल द्वारा जानकारी गराईने फाउण्डेसनले जनाएको छ । बिजयी प्रतियोगीलाई नगद ५० हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिने संस्थाले जनाएको छ । साथै अन्र्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने सुर्वण अवसर समेत प्रदान गरिने संस्थापक अध्यक्ष रेशुले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहनेले यो लिंकमा क्लिक गरेर फर्म भर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु