गुल्मी-गुल्मीमा मेघा बैंकले ५ स्थानमा शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको छ ।जिल्लाका ग्रामीण भेगमा पनि बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ५ स्थानमा शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको मेघा बैंकका गुल्मी शाखा प्रमुख शालिक पन्थीले जानकारी दिए ।बैंकले मुसिकोट नगरपालिका अन्र्तगत इन्द्रेगौडा, भुवााचदी, छत्रकोट गाउँपालिकाको मनभाक, मानकोट, मालिका गाउँपालिकामा पनि शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको जनाएको छ ।
शाखा रहित बंैकीङ्ग शाखाबाट नयाँ खाता खोल्न रकम जम्मा गर्न र निकाल्न,रेमिटान्स सेवा पनि लिन सकिने बैंकले जनाएको छ ।ग्रामीण स्तरमा रहेका सेवाग्रहीलाई बैंकिङ कार्यको लागि सदरमुकाम पुग्नु पर्ने बाध्यतालाई मध्य नजर राखेर शाखा बिस्तार भएको पन्थीले बताए ।