बुटवल-रुपन्देहीको गैडहवामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।प्रहरीले दिएकाे जानाकारी अनुसार गैडहवा-३ पौवामा लु ३ त २२४० नम्वरको ट्रयाक्टर गएराति अनियन्त्रित भएर पल्टिदा २५ वर्षीय राजकुमार कुर्मीको मृत्यु भएको हाे ।उनी ट्रयाक्टर धनीसमेत हुन् ।
ट्रयाक्टर पल्टिदा गम्भीर घाइते भएका कुर्मीको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा मृत्यु भएको थियो ।कुर्मीको शव मेडिकल कलेज भैरहवामा राखिएको छ ।