स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

चीनबाट रेल मागेर देश बन्दैन : भुसाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३०, बुधबार ०७:१८

बुटवल-नेकपाका नेता घनश्याम भुसालले कार्यकारी राष्ट्रपतिको असान्दर्भिक कुरा गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।प्रचण्डले अहिलेको शासकीय प्रणालीले चुनाव खर्च बढाएकाले अब कार्यकारी राष्ट्रपतिमा जानुपर्ने बताउँदै आएका छन् । यसबारे दलहरुबीच आन्तरिक सहमति भइसकेको दावी पनि उनले गर्दै आएका छन् ।तर उनकै पार्टीका नेता भुसालले बुधबार बुटवलमा आयोजित साक्षात्कारमा प्रचण्डले असान्दर्भिक कुरा गरेको बताए ।

उनले भने, ‘अहिले संविधान कार्यान्वयन गर्ने बेला हो, पहिला यसलाई कार्यान्वयन गरौं यदि भएन भने त्यतिबेला गरौंला । यसलाई कसले रोकेको छ र, उहाँ नै अध्यक्ष हुनुहुन्छ ।’कार्यकारी राष्ट्रपतिबारे भित्री सहमति भएको हो भन्ने प्रश्नमा भुसालले कुनै सहमति नभएको बताउँदै भने, ‘जे हुन्छ सहमति मै हुन्छ ।’

‘विदेशी अनुदानबाट देश बन्दैन’

भुसालले विदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने बताए । अहिलेसम्म चीनसँग नेपालको सम्बन्ध समस्यारहित रहेको भन्दै उनले भने, ‘चीनबाट पुल मागेर, हाइड्रो, रेल मागेर हामी धनी हुदैनौं, रेलमा त हामी नै हिँड्ने होला नी ।’भुसालले भने, ‘अनुदानले देश बन्दैन, अनुदानमा केके सर्त हुन्छन्, बरु ऋण ठीक हो, देशले पचाउन सक्ने सामर्थ्य भए ऋणले राष्ट्र डुब्दैन ।’उनले ऋण ल्याएर भत्ता बाँड्ने, भ्रष्टाचार गर्ने काम भए मुलुक बर्बाद हुने धारणा राखे ।

‘कांग्रेस ऐतिहासिक रुपमा पछि पर्‍यो’

कार्यक्रममा भुसालले कांग्रेस ऐतिहासिक रुपमा पछि परेको पनि बताए । ‘हिजो कांग्रेस कति बलियो थियो, चुनाबमा यसरी हारिन्छ भन्ने त डिएनएमै सोचेकै थिएन होला,’ उनले भने, ‘अहिले कम्युनिष्टलाई ठूलो अवसर छ, ऐतिहासिक अवसर छोप्न नसके हामी पनि कांग्रेसझैं पछि पर्छौं ।’उनले थपे, ‘कांग्रेसले नै बनाएको भए मुलुक बन्थ्यो, अब हामीले पनि सकेनौं भने मौका गुमाउछौं ।’

बिकास र नेपालको भविश्य कम्युनिष्टको हातमा आएको बताउँदै उनले सबैभन्दा पहिले पार्टीलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए । उनले भने, ‘अब पार्टी नै भ्रष्टाचार बिरोधी छ भन्ने कुरा नेकपाले प्रमाणित गर्नुपर्छ, पार्टीभित्र भ्रष्टाचार भए बाहिर लड्न सकिँदैन, दुनियासँग लड्न सक्ने गरी हामी पार्टी निर्माण गर्छौं ।’संघीयतालाई बलियो बनाउने गरी अहिलेको बजेट आएको भन्दै नेता भुसालले राजनीतिक प्रतिबद्धता भएमात्र बजेट कार्यान्वयन हुने प्रष्ट पारे । प्रदेशको संरचना नबनेकाले आएको बजेट कम देखिएको उनको निचोड छ ।

तिनाउमा संगठित भ्रष्टाचारको आशंका

बुटवलको तिनाउ नदीको दोहन गरी ब्रहृमलुट मच्चाइएको भन्दै उनले आफू पनि लज्जित भएको बताए । उनले तिनाउमा संगठित भ्रष्टाचार भएको आशंका गरे ।अर्बौंको लुट हुँदा मिडियामा पनि कम आयो, नेता पनि कम बोले । एक्लै भएको छैन, यहाँ पुलिस होला, कर्मचारी होलान्, अब यसलाई तत्कालै रोकिने छ,’ उनले भने ।स्थानीय तहमा पुगेका अधिकार अभ्यास गर्न अन्यौल भएको भन्दै उनले अधिकार दुरुपयोग नगर्न जनप्रतिनिधिलाई आग्रहसमेत गरे ।

-onlinekhabarबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु