कार्यक्रमका लागि अशोक दर्जी यसरी उडे मलेसिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते, बिहीबार १३:३३

काठमाडौं– विदेशी कार्यक्रमका लागि अशोक दर्जी मलेसिया उँडेका छन् । धन बिनाको मन’ गीत गाएर भाइरल बनेका भाइरल व्वाई अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया उडेका हुन् । यो उनको पहिलो विदेश यात्रा हुनेछ ।

मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणा संगीतकार टंक बुढाथोकीसँगै उनी गएका हुन् । त्यहाँ जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी दिए । मलेसियापछि दुवई जाने उनको भनाई छ ।

दुबईमा २२ तारिखमा कार्यक्रम रहेको छ । ‘धेरै देशबाट प्रस्तावहरु आइरहेका छन्, अहिलेसम्म मलेसिया र दुबईको सेड्यूल फिक्स्ड भएको छ,’ बुढाथोकीले भने । दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकप्रिय बनिरहेको छ ।

गीतले अहिलेसम्म ६७ लाख भ्यूज पाइसकेको छ भने २२ हजार प्रतिक्रिया आएका छन् । यही गीतका कारण अशोकको डिमान्ड देश तथा विदेशमा हुन थालेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु