दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

आजदेखि विश्वकप शुरु हुँदैः जान्नुहोस् विश्वकपबारे २० रोचक कुरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३१, बिहीबार १३:३९

आजदेखि रुसमा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ । बिहिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ ।

विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ ।

१-यो विश्वकप फुटबलको २१ औँ संस्करण हो ।

२- यस विश्वकपको छनौटका लागि पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच भएको थियो । यस खेलमा टिमोर ५/१ ले विजय बनेको थियो । तर, पछि टिमोरबाट आयोग्य खेलाडीहरु खेलाइएको खुलेपछि हारका बावजुद मंगोलियालाई विजेता घोषित गरिएको थियो । तर, यो फैसला निकै ढिलो आएको कारण टिमोरको टोली नै अघि बढेको थियो । आफ्नो पक्षमा फैसला आए पनि मंगोलियाको भाग्य भने परिवर्तन भएन ।

३-यस पटकको विश्वकपमा कुल ३२ टोली रहेका छन् । सन् २०२६ पछि ४८ टोली विश्वकपमा भाग लिनेछन् ।

४-आइसल्याण्ड र पानामा पहिलो पटक विश्वकप खेल्न गइरहेका छन् ।

५- ब्राजिल एक मात्र देश हो जसले विश्वकपको हरेक संस्करण खेलेको छ र सबैभन्दा धेरै पाँच पटक उपाधिमाथि कब्जा जमाएको छ । यदी यसपटक ब्राजिलले विश्वकप जिते उसको यो छैटौँ उपाधि हुनेछ ।

६- जर्मनी ब्राजिल र इटालीपछि लागातार दुई पटक विश्वकप जित्ने टोली बन्ने दाउमा छ । सन् १९५८ र १९६२ मा ब्राजिल तथा सन् १९३४ र १९३८ मा इटालीले लगातार दुईपटक विश्वकपमाथि कब्जा जमाएको थियो ।

७-जर्मनी पछिल्लो तीन विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टोली हो । जर्मनीले सन् २००६ मा १४, सन् २०१० मा १६ र सन् २०१४ मा १८ गोल गरेको थियो ।

८- रुसका ओलेका सालेंको विश्वकपको एक खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले सन् १९९४ मा क्यामरुनबिरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए ।

९- पछिल्लो विश्वकप करीब ३।२ अर्ब मानिसले हेरेका थिए । यो विश्वको लगभग आधा जनसंख्या हो ।

१०- हालसम्म विश्वकप विजेता टोलीको प्रशिक्षक सोही देशका रहेका छन् ।

११- रुस विश्वकपको नकआउट चरणसम्म पुग्न सकेको छैन । यसपटक घरेलु मैदानमा उसलाई फाइदा हुने आशा गरिएको छ ।

१२- सन् २०१८ नाइजेरियाका लागि छैटौँ विश्वकप हुनेछ ।

१३- दक्षिण कोरिया १० औँ पटक विश्वकप खेल्न लाग्दैछ । अन्य कुनै पनि एसियाली मुलुकले यति धेरै पटक विश्वकपमा प्रतिनिधित्व गरेको छैन ।

१४- ईरान लगातार दुई विश्वकपको लागि छनौट भएको यो पहिलो अवसर हो ।

१५-आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो राष्ट्र हो । यसको जनसंख्या मात्र ३ लाख ३४ हजार रहेको छ ।

१६- नेदरल्याण्ड उपाधि नजिते पनि धेरै विश्वकप खेल्ने राष्ट्र हो । तर, यसपटक ऊ विश्वकपमा छनौट हुन सकेन ।

१७- सन् १९५८ पछि पहिलो पटक इटाली विश्वकपमा छनौट हुन असफल भएको हो । इटालीले अहिलेसम्म चार पटक – १९३४, १९३८, १९८२ र सन् २००६ मा विश्वकप जितेको छ ।

१८-सन् १९८६ पछि अमेरिका पनि विश्वकपमा छनौट हुन सकेन ।

१९- पहिलो पटक एसिया र युरोप दुवै महादेशमा खेल हुँदैछ ।

२०- पानामाका राष्ट्रपतिले आफ्नो फुटबल टोली विश्वकपमा छनौट भएपछि अक्टुबर ११ मा राष्ट्रिय विदाको घोषणा गरेका थिए । एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु