हिजो साझ तराईभरी हिले वर्षा किन भयो ! यस्तो छ कारण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २ गते, शनिबार ०४:३३

बुटवल -हिजो साझ हिलो सहितको सामान्य वर्षा भएपछी सबै तिर कोतुहलता छाएको छ । किन र कसरी यस्तो भए होला भन्दै सबैले जिज्ञासा र चासो राखिरहेका छन ।
बुटवल भैरहवा वा यस क्षेत्रमा मात्रै नभएर हिले बर्षा हिजो साझ नेपालका तराईका  प्राय सबै ठाउमा भएको थियो ।
यस्तो वर्षा भएपछी आफना सवारी साधन सहित अन्य बिभिन्न सामान तथा घरमा परेको हिले वर्षा देखाउदै  धेरैले फेशबुक, ट्युटर लगायतका सामाजिक सञ्जालमा तस्बीर पोष्ट गरेका छन ।
हामीले मौसमबीद बरुण पौडेलसंग सम्पर्क गर्यौ र सोध्यौ यस्तो किन भयो
पौडेलले भन्नुभयो भारतको राजस्थान मरुभुमिबाट धुलो सहितको हावाहुरीले त्यहा ठुलो धन जनको क्षति भएको छ । त्यही हावा हुरी भारतको दिल्ली उत्तर प्रदेश हुदै नेपाल प्रवेश गर्यो । नेपालमा प्रवेश गर्दा वादल लागेको थियो हुरी कम भयो त्यहीबेला वादलमा धुलो मिसियो त्यसै पनि मौसममा धुवा धुलो छदै छ । मरुभुमिबाट आएको धुलो नेपाल आउदा तराइृमा फाट्फाुट्ट वर्ष भयो । त्यही वर्षा संगै धुलो खसेको हो । पुर्वदेखि सुदुर पश्चिमसम्म यस्तो वर्षा भएको थियो । मरुभुमिबाट हावाहुरी आउन कम भएको छ अव त्यस्तो हुदैन । आज वर्षा हुदा सामान्य नै हुन्छ । यस्तो वर्षाले कुनै असर गर्दैन तर जलवायु परिवर्तनको प्रभाव हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु