काठमाडौं-चक्रपथ सरसफाईको ६२ औं हप्तामा १५ टन फोहोर सफा गरिएको छ।अभियान अन्तर्गत शनिबार बालाजु चोकमा सरसफाई गर्दै १५ टन फोहोर उठाइएको हो।करिव तिन सय ५० जना अभीयन्ताले त्यस क्षेत्रको फोहर ब्यबस्थापन गरि आगामी दिन मा त्यस क्षेत्रमा फोहर नगर्न जनचेतना मुलक सचेतना कार्यक्रम समेत गरिएको हो।
सरसफाई कार्यक्रमका अभियन्ता एवं संयोजक लोक बहादुर टण्डनले चक्रपथलाई सफा हराभरा पारि नमूना बनाउन अभियान गरिएको बताए।सरसफाई अभियानमा पत्रकार ,नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाल प्रहरी,अन्तरास्ट्रिय लोक दोहोरि प्रतिष्ठानका उपाध्यक्ष गायक नविन पौडेल,बरिष्ठ पत्रकार टंक पन्थ,नेपाल पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष सोनी शर्मा ,नेपाल आदिबासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बशुन्धरा घर्ति ,काठमाडौं महानगर पालिका का इन्स्पेक्टर पूर्णचन्द्र भट्ट,गायक डिल्ली काफ्ले लगायतका समाजसेवी अभियन्ताहरुको सहभागिता रहेको थियो।