प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

सरकार तानाशाह जन्माउन उन्मुख छ, कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन् :खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार ३, आईतवार १३:०१

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको सुनाए । उनले भने,‘हामीसँग अहिले कसैसँग बढि र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले भारतसँग खुल्ला सिमा भएको कारणले सम्बन्ध पनि त्यही अनुसार मजबुद रहेको सुनाए । उनले भने,‘हाम्रो अलिक प्रगाढ सम्बन्ध भारतसँग छ, राजनीति र भूगोलको हिसाबले भारतसँगजस्तो चीनसँग हाम्रो त्यस्तो सम्बन्ध छैन।’ नेपालको अवस्था भारतसँग जति सहजता छ त्यति सहजता चीनसँग नरहेको पनि उनले बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता खड्काले दुवै देशसँग नेपालले समान दृष्टिकोण, समान सम्बन्ध कायम गर्दै दुवै सम्बन्धबाट प्रचुर सदुपयोग गर्नसक्नुपर्ने बताए । उनले भने,‘भारत र चीनको प्रगतिलाई हामीले आत्मसात् गर्नुपर्छ, उनीहरुको प्रगतिबाट हामीले सिक्नुपर्छ, लाभ लिन सक्नुपर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सहयोग लिने वाचा गरेको स्मरण गराउँदै नेता खड्काले उक्त सहयोग लिन सक्नुहोस् भन्दै शुभकामना समेत दिए । उनले चीनसँगको नेपालको सम्बन्ध सुमधुर हुन जरुरी रहेको स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीको भ्रमण नेपालको हितमा र जनताको हितमा होस्, हाम्रो शुभकामना छ।’

चीनीयाँ लगानी भित्र्याउनको लागि नेपालले वातावरण बनाउनुपर्नेमा उनको जोड छ । उनले भने,‘तर अहिले नेपालमा लगानीमत्रै वातावरण छैन, अहिले सरकारले नीजी क्षेत्रलाई उपहास गरेको छ।’ प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुले यो पनि गर्छौं र त्यो पनि गर्छौं भनेको उल्लेख गर्दै खड्काले भने,‘सरकारले भोलि नै हामी सबै सम्पन्न हुने हो कि भन्नेगरि सपना बाँडेको छ।’

अहिले सरकारले न्यायालयलाई पनि जकडेर राखेको उनको आरोप छ । उनले भने,‘यो सरकार तानाशाह जन्माउन उन्मुख छ, हाम्रो पार्टी कार्यालयमा प्रहरी लगाई तोडफोड गरेको छ, व्यवसायीहरुमाथि द्धेष पालेको छ।’ सरकारको यही र यस्तै रवैया रही रह्यो भने कांग्रेस चुप लागेर नबस्ने उनको चेतावनी छ । उनले भने,‘हिजो राणा र पञ्चायतसँग नडराएको कांग्रेस अहिलेपनि कसैसँग डराउँदैन, हामी टुलुटुलु हेरेर बस्दैनौं।’

फरक प्रसँगमा उनले संखुवासभा जिल्लामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण कार्यमा खटिएका ४ जना मजदुरहरुको यसअघि निधन भएको भनिएपनि उनीहरुको सकुशल उद्धार भएको पनि जानकारी दिए । उनले भने,‘उहाँहरुको सकुशल उद्धार भएको छ, उद्धारमा खटिनुहुने सेना, प्रहरी लगायत सबैमा म प्रशंसा तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु