एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

रहेनन् डा उपेन्द्र देवकोटा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार ४ गते, सोमबार १४:१०

काठमाडौं- वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ न्यूरो सर्जन देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

उनी पित्त थैलीको क्यान्सरबाट पिडित थिए । देवकोटा आफ्नै पहलमा स्थापना भएको बाँसबारीस्थित न्युरो अस्पताल  उपचार गराउँदै आएका थिए । सहकर्मी चिकित्सकहरूले उनलाई यो धर्तीमा रहने अवधि कम रहेको बताइरहँदा उनी त्यसलाई ठाडै चुनौती दिइरहेका थिए । त्यही चुनौतीका साथ उनी अघिल्लव शुक्रबार गोर्खास्थित आफ्नै गाउँको पानी पिँढी बसेर पिउने इच्छा गरेपछि उनलार्इ हेलिकप्टरमा गोर्खा लगिएको थियो ।

एसियाकै चर्चित न्युरोसर्जन, जो एक्लैले आफ्नो करिअरको ३० वर्षको अवधिमा १८ हजारजनाको शल्यक्रिया गरिसकेका छन्, १० लाख बिरामीलाई जाँचिसकेका छन्, कैयौंलाई जीवन दिए ।

गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थीको रुपमा रहेका थिए ।

वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी केही वर्षदेखि बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गर्दै आएका थिए । ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुप्रै उदाहरीय  काम गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु