सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन लोक दोहोरी गीत मिल्ने साथीमा(भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार ६ गते, बुधबार ०५:००

काठमाडौ-लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेल लोक दोहोरी गीत मिल्ने साथी मा मोडलीङ क्षेत्रमा देखा परेकी छिन् ।

राजेन्द्र सुवेदीको शब्द संकलन रहेको यो गीतमा नवनायीका विष्णुमाया पौडेल र नवनायक विशाल शर्मा (लक्की) को अभिनय रहेको छ भने स्वर गायक लभ कुमार भट्ट र गायिका स्मीती शाही को रहेको छ ।

सुर संगित डिजिटल स्टुडियो मा रेकर्ड यो गीतको छायांकन हरि महरा र सम्पादन मनोज कार्कीले गरेका हुन् । यसमा ध्वनी मिश्रण सन्तोश पौडेल र संगीत संयोजन महेश विक्रम पाण्डेको रहेको छ ।

यो गीतलाई गोरखा चौतारी म्युजिक प्रा.लि ले तयार पारेको छ भने हाईलाइट्स नेपाल द्धारा युटुयबमा उपलब्ध छ । यो गीतले मिल्ने साथीको सम्बन्धलाई हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेको छ ।

निर्देशक लबकुमार भट्टले यो गीत मार्फत सामाजको यर्थाथ विषय वस्तुलाई चित्रण गरेका छन् । एउटा केटा र केटी सँगै हिँडदैमा, बोल्दैमा गलत सोच राख्ने हाम्रो समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु