१६जना सहभागिहरु छनोट गर्दै बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १० गते, आईतवार ०७:४०

बाँके-बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनोट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । ५० प्रतिशत नृत्य बाट र ५० प्रतिशत भोटिङ्गबाट छनौट गरिएको थियो । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितिय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार चौथो र पाचौ हुनेलाई एउटा कभर भिडियो । छ्रैठौ देखि दशौ सम्मकालाई ५० प्रतिशत छात्रबृत्ति रहेको अयोजकले जनाएको छ । सेमिफाईनलमा जुधेका तर फाइनलमा पुग्न नसकेका ५ जना प्रतियोगीहरुकालागी एउटा कभर भिडियोमा खेलाईने प्रस्तुत कर्ता श्रेष्ठले बताए । प्रतियोगिताको ६ भाग नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने पनि आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु