बुटवलमा ‘र्याप ब्याटल’ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १० असार २०७५, आईतवार १२:४०

बुटवल- सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएको ¥याप विधाको बुटवलमा पहिलोपटक प्रतियोगिता हुने भएको छ । बुटवल कालिका नगरस्थित द कन्सेप्ट पवमा साउन २६ गते दिउँसो १२ बजे ‘र्याप ब्याटल’ सञ्चालन हुने छ ।

ब्याटलमा सहभागी हुने प्रतियोगिको छनौट गर्न शनिबार मिलनचोकस्थित बुलेट प्वाइन्ट रेष्टुरेण्टमा अडिशन भएको छ । र–बार्ज, राज गुरुङ,भरत पुरी, सन्नी गुरुङ, पुर्ण गुरुङ,लक्षु थापा र ब्रीजीमाण्डुको संयुक्त आयोजनामा भएको अडिशनमा १७ जना र्यापरहरुको सहभागिता रहेको थियो ।

अडिशनमा सहभागीमध्ये ८ जना मात्रै र्यापब्याटलमा भाग लिन पाउने आयोजकले बताएको छ । शनिबार सम्पन्न भएको अडिशनमा र्याप संगितमा स्थापित र–बार्जका ब्रीजीमाण्डु, ट्रीक्स लीम्बु, भुपेन्द्र रोका, ईजी(अमन केसी)को निर्णयक भुमीका रहेको थियो । नव शान्ती युवा क्लब, राधाकृष्ण युवाक्लब, एस. के. एस गाइज, सन्जु ट्याटु इन्लगायतको सहयोगमा र्याप ब्याटलको आयोजना हुने भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु