स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

प्रदेश ५ सरकारले प्रकोपमा मृत्यु भए १ लाख, घर भत्किए ३५ हजार दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १४, बिहीबार ११:३३

बुटवल-  प्रदेश ५ सरकारले प्राकृतिक प्रकोप र विपदमा परेका नागरिकलाई राहत वितरणका लागि मापदण्ड बनाएको छ ।

मन्त्रिपरिषदको बिहीबारको वैठकले स्वीकृत गरेको राहत वितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत पाउने छन् ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार पशु चौपायाको मृत्यु भएमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म क्षतिपुर्ति पाउने छन् ।

प्राकृतिक प्रकोपमा परी घाइते भएमा सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्चको बील अनुसारको रकम प्रदेश सरकारले दिने चौधरीले जानकारी दिए । यस्तै घर नष्ट भएमा प्रति घरले ३५ हजार वा ३ बण्डल जस्तापाता पाउनेछन् ।

यस्तै बहालमा बसेको घर नष्ट भएमा प्रति परिवार १० हजार, खाद्यान्न बाली नष्ट भएमा, १० हजार, पसल व्यवसाय नष्ट भएमा ५० हजारसम्म राहत पाउने छन् ।

प्राकृतिक प्रकोपबाट व्यवसायिक फर्म, प्रतिष्ठानमा क्षति पुगेमा पनि कार्यविधिअनुसार राहत पाउने छन् ।

यस्तै मन्त्रिपरिषद वैठकले कानुन मस्यौदा सुझाव आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधा प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यसरह हुने निर्णय गरेको छ ।

वैठकले मुख्य न्यायाधीवक्ताको सेवा सुविधा सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोग विधेयक स्वीकृत गरी प्रदेशसभा वैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

यस्तै प्रदेश सरकारका मुख्यसचिव शंकर पाठकले गरेको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकार स्थापना दिवस (फागुन ३) का अवसरमा विशेष पदकबाट सम्मान गर्ने निर्णय समेत मन्त्रिपरिषद वैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

सचिव पाठक उमेर हदबन्दीका कारण बिहीबारदेखि नै अवकास लिँदैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु