एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

अब बुलेट बाइक ६० हजारमै पाइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १४ गते, बिहीबार ११:३८

काठमाडौं-अब बुलेट बाइक ६० हजारमै पाइने – माइलेज ९० किमी प्रति लिटर बुलेट बाइक चढ्ने सपना धेरै युवाको हुने गरेको छ । तर, बुलेट बाइकको मूल्य चर्को भएकै कारण धेरै युवाले आफ्नो सपनालाई विपनामा परिणत गर्न सकिरहेका छैनन् ।

तर, अब बुलेट चढ्ने सपना सहजै पूरा हुने भएको छ, त्यो पनि थोरै लगानीमा ।रोयल इण्डिया मोटरसाइकल रोयल ईनफिल्डको बुलेट जस्तै छ ।

यो मोटरसाइकल बाइक विल्डर रोयल उडो भुवश्वरले बनाएका हुन् । रोयल इण्डियाको मोटरसाइकल बुलेट जस्तै देखिए पनि यसको इञ्जिन क्षमता १ सय सीसी मात्र छ ।

रोयल इण्डिया बुलेटको सिट, इन्धन ट्याङ्क, राउण्ड हेडल्याम्प सबै रोयल ईनफिल्ड बुलेटको जस्तै छ । मोटरसाइकलको अन्य आकार प्रकाश समेत ठ्याक्कै रोयल ईनफिल्डको जस्तै छ । रोयल इण्डिया बुलेट चलाउँदा रोयल ईनफिल्ड चलाए जस्तै अनुभव हुने दाबी उत्पादकको छ ।

रोयल इण्डिया बुलेट १ सय सीसीको आवाज पनि ओरिजिनलसँग मिल्दो छ । एक सय सीसीको मोटरसाइलकमा उस्तै आवाज आउन नसक्ने भए पनि त्यस्तै आवाज निकाल्ने प्रयास गरिएको छ ।

यो मोटरसाइकल विशेषगरी जो रोयल ईनफिल्ट मोटरसाइकल चढ्ने चाहाना राख्छन्, तर मूल्य उनीहरूका लागि बाधक बन्छ उनीहरुको लागि भएको कम्पनीले जनाएको छ

यो मोटरसाइकलको मूल्य ६० हजारदेखि ७० हजार भारतीय रुपैयाँमा पाइने छ । त्यति मात्र होइन, रोयल इण्डियाको मोटरसाइकल निक्कै ईकोनोमिक समेत छ । यो मोटरसाइकलले १ लिटर पेट्रोलले ९० किलोमोटर माइलेज दिने दाबी गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु