दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

काठमाण्डौमा नेपाल आर्य समाजको सामाजिक जागरण महायज्ञ (Photo Feature).

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १६, शनिबार ११:१७

असार १६, काठमाण्डौ । नेपाल आर्य समाज स्थापना दिवस असार १५ को उपलक्षमा काठमाण्डौमा नेपाल आर्य समाजले “सामाजिक जागरण अभियान” विषयमा एक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाण्डौको कमलपोखरीस्थित माहेश्वरी सदनमा भएको कार्यक्रममा भारतको राजस्थान सिकरका लोकसभा सांसद स्वामी सुमेदानन्द सरस्वतीले कार्यक्रममा बोल्दै नेपालको आर्य समाजको संस्था विश्वमा अमर शहीद शुक्रराज शास्त्रीले देश प्रति बलिदान गरेको संस्थाको रुपमा पिरिचित रहेको बताउनु भयो ।


कार्यक्रममा बोल्दै सार्वदेशिक आर्य प्रतिनिध सभाका (International Aryan League) का अध्यक्ष सुरेश आर्यले नेपालमा आर्य समाजको लामो इतिहास रहेको बताउँदै सार्वदेशिक आर्य प्रतिनिधि सभाको अध्यक्षको नाताले आगामी कार्तिक ८ गते देखि ११ गते (२५ देखि २८ अक्टोबरसम्म  भारतको राजधानी नई दिल्लीको रोहिणी, सेक्टर १० मा हुन लागेको अन्तराष्ट्रिय आर्य महासम्मेलन २०१८ मा नेपालबाट बढी भन्दा बढी सहभागी लागि अनुरोध गर्नु भयो ।


सोहि कार्यक्रमलाई सम्बोधन गर्दै दिल्ली आर्य प्रतिनिध सभाका महामन्त्री विनय आर्यले जीवनमा यज्ञको महिमा बारे प्रकाश पार्दै नेपाल आर्य समाजका संस्थापक प ंमाधवराज जोशीले आफनो छोरा अमर शहीद शुक्रराज शास्त्रीलाई कुनै व्यापार व्यवशायमा नलगाई सामाजिक अभियन्ताको लागि अघि सारेको र नेपालमा एक सय ४ वर्षको निरंकुश जँहानिया राणा शासनको अन्त्य गर्न अमीर शहीद शुक्रराज शास्त्रीको योगदान अविस्मरणीय रहेको बताउनु भयो ।

कार्यक्रममा बागमती मोडर्न कलेजमा संस्थापक प्रिन्सिपल डा. सुरेन्द सिटौलाले र नेपाल आर्य समाजकी उपाध्यक्ष रेनु उप्रेतीले नेपालमा आर्य समाजको योगदान र गतिविधिबारे प्रकाश पारेको थिए । कार्यक्रमर्मा आर्य समाजका भजन कलाकार पवित्रा उप्रेती ,राधा उप्रेती र


नेपाल आर्य समाजका अध्यक्ष कमला कान्त आत्रेयको सभापतिव्तमा भएको सो कार्यक्रमको आर्य समाजका महासचिव डा. माधव प्रसाद उपाध्यायले संचालन गर्नु भएको थियो ।


नेपाल आर्य समाजको स्थापना वि.स. १९५३ को असार १५ अमर शहीद शुक्रराज शास्त्रीका पिता पं माधवराज जोशीले डम्बरजंग राणाको अध्यक्षमा पोखरामा नेपाल आर्य समाजको स्थापना गरेका थिए ।


नेपाल आर्य समाजका संस्थापक पं माधवराज जोशीका तिनै वीर सपुत शुत्ररराज शास्त्रीलाई तत्कालीन राण प्रधानमन्त्री जुद्ध शम्शेरको सरकारले राणा शासन विरुद्ध जनतामा जागरण फैलाएको तथा वेद र गीताको सन्देश जनमानसमा पुन्याएको आरोप लगाई वि.सं १९९७ साल माघ १० गते काठमाडौंको टेकु, पचलीस्ति खरीको बोटमा झुण्डाई मृत्युदण्ड दिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु