स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

भरतपुर अस्पतालमा साँझ र बिहान पनि डाइलोसिस सेवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १८, सोमबार ०९:५१

चितवन/रासस -भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ ।

बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो ।

गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो । पालो नपाएर कुर्नेको संख्या बढ्दै गएपछि साउनको पहिलो साताबाट सो सेवाको समय बढाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवीन खड्काले जानकारी दिनुभयो ।

“दैनिक २० बिरामीले सेवा लिँदै आएका छन्,” उहाँले भन्नुभयो । अस्पतालमा १० वटा डाइलोसिस मेसिन सञ्चानलमा छ ।

डाइलोसिस विभाग प्रमुख सञ्जय बरालका अनुसार बिहान सात बजेदेखि राति १० बजेसम्म दैनिक तीन चरणमा सेवा सञ्चालन गर्न लागिएको छ । मिर्गौलामा जटिल समस्या भएका बिरामीलाई प्रत्यारोपण नगरेसम्म डाइलोसिस गर्नुपर्ने हुन्छ । एकजना बिरामीलाई हरेक हप्ता वा एक हप्ता बिराएर डाइलोसिस गर्नुपर्ने हुन्छ । सरकारले उक्त सेवा निःशुल्क उपलब्ध गराएको छ ।

सेवा प्रदान गरेबापत अस्पताललाई सरकारले रकम भूक्तानी गर्छ । जिल्लामा निजी क्षेत्रले सञ्चालन गरेका डाइलोसिस सेवामा गुनासो आउने गरेको छ । डाइलोसिस गर्न अधिकांश बिरामीको चाहना सरकारी अस्पताल हुने गर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु