डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

३ करोड नेपालीको मनको ढुकढुकी रबि लामिछानेको बारेमा गित बजारमा (हेर्नुस् भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १८, सोमबार १०:४५

काठमाडौं -जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’का कुशल प्रस्तोता एवं बहुचर्चित पत्रकार रबि लामिछानेको कामको प्रशंसा गर्दै उनको बारेमा लिक दोहोरी गित ‘जताततै चर्चा छ रबि लामिछाने’ बोलको गित सार्वजनिक भएको छ ।

३ करोड नेपालीहरुको मनको ढुकढुकी रबिको चर्चा जति गरेनी सायद कमै हुन्छ । उनले नेपालीको लागि आफ्नो ज्यानलाई नै खुकुरीको धारमा राखेर घुसखोरी र तस्करीरिको पर्दाफास, विदेशमा बेचिएका चेलीको उद्धार, गाँउ शहरमा अन्यायमा परेकालाई न्याय दिलाउन र करोडौंको आशु पुछ्ने साहसी व्यक्ति रविको प्रशंसासहित अझै उनलाई काम गर्न हौसला दिँदै बुलबुल मिडियाद्धारा कृष्ण बाबु पाण्डेले यो गीत बजारमा ल्याएका छन् ।

गायक वसन्त लम्साल र गायिका सकुन्तला ढकाल कुँवरको सुमधुर आवाजमा रहेको ‘जताततै चर्चा छ रबि लामिछाने’ बोलको गीतमा कृष्ण बाबुको शब्द, वसन्त लम्सालको संगित रहेको छ । विष्णु भट्टराईले निर्देशन र सम्पादनमा रहेको यो गीतमा कृष्ण बाबु, ऋतु तामाङ, कुनचन्द्र पुरी, ओम हरि आचार्य र भुवन खड्काको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुस् म्युजिक भिडियो:

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु