महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुनेसुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानितहेर्नुस् आज २०७७ फागुन २५ गते, मंगलवारको राशिफलबलपार्क र बासुलिङको पहिलो जितमहिला हस्तकला मेला सम्पन्नकालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्नउपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटनप्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमापछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

विश्वकप फुटबलमा बाजी खेलाउने ३ जना पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ०८:२६

काठमाडौं – विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका  २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा  राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु