भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

सबैभन्दा बढि वर्षा भैरहवामा २२६ दशमलव ९ मिलिलिटर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १९ गते, मंगलवार ०९:१२

बुटवल – रुपन्देही तथा आसपासको क्षेत्रमा आइतवार देखि सोमवार साझसम्म नेपालमा सबैभन्दा बढी वर्षा भएको छ ।
जल तथा मौषम विज्ञान विभागले नेपालमा भएका मापन केन्द्रमा सबै भन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ । आइतवार रातिदेखि सोमवार साझ पौने ६ बजेसम्म भैरहवामा २२६ दशमलव ९ मिलिलिटर वर्षा भएको मौसमबीद समिर श्रेष्ठले जानकारी दिए ।

भैरहवा पछी नेपालगञ्जमा वर्षा भएको छ । नेपालगञ्जमा २०६ दशमलव ६ मिलिलिटर वर्षा भएको छ । यो वर्षा यस वर्षकै सबैभन्दा बढी हो । यस्तै कपिलवस्तुमा १ सय ७८ दशमवल २ मिलिलिटर वर्षा भएको छ । पहाडी पाल्पा, गुल्मि अर्धाखाची जिल्लामा पनि सोमवार बढी नै वर्षा भएको छ ।

आइतवार रातिदेखि सोमवार अपरान्हसम्म लगातार वर्षा भएपनि सोमवार साझ केहीबेर वर्षा रोकिएको छ । साझ केहीबेर वर्षा रोकिएपनि रातिदेखि मंगलवार बिहानसम्म पुन वर्षा हुने सम्भावना रहेको मौसमवीद श्रेष्ठले बताए । उनका अनुसार सोमवारको जत्तिको बढी वर्षा नभएपनि भारी वर्षाको सम्भावना भने कायमै छ ।

मंगलवार दिउसो केही कम भएपनि साझ पुन पानी परेर बुधवारदेखि पानी पर्न केही कम हुने श्रेष्ठलेबताए । यस क्षेत्रका पहाडी जिल्लामा पनि तराइमा जस्तै पानी पर्ने छ । लगातारको वर्षाले अवरुद्ध भएको भैरहवा स्थित गौतम बुद्ध बिमानस्थल सोमवार साझबाट खुलेको छ ।

सोमवार बिहानैदेखि जहाज अवतरणका लागि आवश्यक भिजिबिलिटी नभएर उडान हुन नसकेकोमा साझ पख वर्षा कम भएपछी भिजिबिलिटी बढेको बिमानस्थलका बरिष्ट अधिकृत प्रदीप अर्यालले जानकारी दिए । उडानका लागि आवश्यक भिजिविलिटी भएपछी बुद्ध र यति एयर लायन्सका एक एक वटा उडान साझ भएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु