डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १९, मंगलवार ०९:२२

बुटवल-भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले बताएका छन् । सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद्धोधन गाउँपालिकाको अञ्जनी आयल स्टोर्सलगायतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । जिल्ला पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष विशाल गैरेले जिल्लामा पेट्रोलियम पदार्थको ठूलो समस्या नभएको जिकिर गर्दै केही ठाउँबाहेक अधिकांश ठाउँमा पेट्रोलियम पदार्थ पाइएको बताए ।

उनले पेट्रोलियम पदार्थको हाहाकार नै नभएको उल्लेख गर्दै भारतीय बजारमा आएको उतारचढाव र ढुवानी गर्ने सवारी साधनका कारण केही समस्या देखिएको हो भने । कोषाध्यक्ष गैरेले जिल्लामा अहिले १५० ट्र्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गरेको जानकारी दिँदै दैनिक रुपन्देहीमा सात लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको बताए ।

लुम्बिनी डिजेल सेन्टरका सञ्चालक प्रेम वाग्लेले यो समयमा माग बढी हुने भएकाले सबै ठाउँमा अभाव देखिएको हो भने । सैनामैनामा एउटा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ आएपनि अधिकांश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ छैन भन्ने सूचना टाँस गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु