दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

यसपालिको तिजमा असिमले मादल बजाउने (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २०, बुधबार ०३:३१

सन्तोष बजगाई
काठमाण्डौं–पछिल्लो समय तिज आउनु भन्दा महिनौ अगाडि नै तिजको गीत सार्बजनीक गर्ने क्रम बढेको छ । र त्यसै क्रममा बजारमा आएको छ असिम कुमार कटुवाल र गोमा कटुवालको साँईला मादल बजाउ बोलको गीत ।


छाडा शब्दहरु प्रयोग गरेर तिजकै बदनामी गराउने किसिमका गीतहरु सार्वजानीक भईरहेको बेला असिम कुमार कटुवाल र गोमा कटुवालले मौलिक पनाको गीत श्रोता दर्शक समक्ष प्रस्तुत गरेका छन् । साँईला मादल बजाउ भन्ने बोलको यस गीतमा चाडपर्व मनाऔं र मादल बजाउ अर्थात साँईला मादल बजाउ म प्यारी संग नाच्छु भन्ने भाब ब्यक्त गरिएको छ ।

यस गीतमा असिम कुमार कटुवाल र गोमा कटुवालले आवाज भरेका छन भने शब्द असिम कुमार कटुवालकै रहेको छ र यस गीतको लय देबेन्द्र लामिछानेले भरेका छन् । छाहारी म्युजिकले बजार व्यवस्थापन गरेको यो गीतमा म्यजिक भिडियो निर्देशन समीर थोकरले गरेका हुन् भने मोडल पनि समीर थोकर र सबिना लामाले गरेका छन् । साँईला मादल बजाउ बोलको यो मौलिक तिज गीतले सोचेजस्तै सफलता प्राप्त गरोस् हाम्रो शुभकामना ।
भिडियोपनि हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु