अर्चना र सुजनको ‘झ्याप्पै माया लाउने’ चर्चामा (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १२:४७

सन्तोष बजगाई
काठमाण्डौं– एक ताकका चर्चित गीतहरु छत्रे देउरालीसानुको नजरमा पछि गायक सुजन तामाङको तेस्रो प्रस्तुति झ्याप्पै माया लाउनेले यतिबेला सांगीतिक बजार तताएको छ ।


पछिल्लो समयकी व्यस्त गायिका अर्चना स्याङ्तान र सुजन तामाङको स्वर रहेको यस गीतको लय सिर्जना गायक जनक लामाले गरेका हुन् । त्यसैगरि शब्दभने सुजन तामाङ आफैले लेखेका छन् । मेलमिलाप डिजिटलले बजार व्यवस्थनपन गरेको यस गीतमा प्रविन थापाको निर्देशनमा करिस्मा ढकाल र अर्जुन तामाङले अभिनय गरेका छन् । झ्याप्पै माया लाउने बोलको यो गीतको सोचेजस्तै सफलता पाओस् शुभकामना ।

भिडियोपनि हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु