प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

बेलकोटगढी खुल्ला दिशा मुक्त तथा पुर्ण खोप सुनिस्चितता नगरपालिका घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २२, शुक्रबार ०१:२७

सन्तोष बजगाई
काठमाण्डौं– नुवाकोट लिल्लास्थित बेलकोटगढी नगरपालिका खुल्ला दिशा मुक्त तथा पुर्ण खोप सुनिस्चितता नगरपालिका घोषणा भएको छ । “स्वच्छ, स्वस्थ र सफा हुने आधार, हरियाली नगर, पर्यटन र कृषि सहितको पुर्वाधार’’ भन्ने मुल नाराका साथ बेलकोटगढी नगरपालिका खुला दिसामुक्त घोषित भएसंगै नुवाकोट लिललाका दुई नगरपालिका र १० वटा गाउँपालिका सहित सबै स्थानीय तह खुला दिसामुक्त बनेका छन् ।

असार २१ गते बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडाले बेलकोटगढी नगरलाई खुला दिसामुक्त घोषणा गरेका हुन् । यससंगै बेलकोटगढी नगरपालिका पुर्ण खोप सुनिस्चितता नगरपालिकापनि बनेको छ ।


उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खानोपनी तथा सरसफाई स्वच्छता समितिका संयोजक सन्तमान तामाङ, बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडित, बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, उपप्रमुख कबिता ढुँगाना, प्रमुख प्रशासकीय अधिकृत लगायतले खुला दिसा मुक्त नगरपालिका घोषणाले समग्र जिल्लालाई नै उर्जा थपिएको भन्दै यसलाई व्यवहारमा रुपान्तरण गर्न सरोकारवालाहरु बिच निरन्तर सहकार्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु