ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

मुलुक समृद्ध बनाउन युवालाई सिप र पैसा देउ : ढुङ्गेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २२, शुक्रबार ०६:४२

काठमाडौं-राष्ट्रिय यूवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले यूवाहरुलाई आश्वासन नभएर सरकारले सिप र पैसा दिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा जिल्ला यूवा समिति काठमाडौंले आयोजना गरेका अन्तरक्रियामा बोल्दै उपाध्यक्ष ढुङ्गेलले यस्तो बताएका छन् । उनले भने,‘हाम्रो संस्था थोरै पैसामा धेरै प्रगती बिवरण देखाउने संस्था हो, हाम्रो संस्थाले यूवाहरुको हकमा काम गर्दै आईरहेको छ, विदेशमा बसेर सिप र पैसा दुवै ल्याएर स्वदेश फर्केका यूवाहरुलाई सम्मान गर्ने काक्रमको आयोजना पनि गरेका छौं, यही असार २६ गते राजधानीको सभागृहमा राष्ट्रिपतिद्धारा सम्मान गर्नेछौं ।!

१६ देखि २४ वर्षका यूवा–यूवतीहरुलाई सम्पूर्णमा रुपमा योग्य बनाउनको लागि आफूहरुको प्रयत्न रहने बताउँदै उनले भने,‘२४ भन्दामाथि ४० वर्षसम्मका यूवाहरुलाई सम्पूर्ण रुपमा देशको विकास र समृद्धिमा लाग्न प्रयत्न गर्ने हो, नेपाल सरकारले एकद्धार प्रणालीअनुरूप यूवाका अधिकारहरुलाई हरेक वडा पालिकासम्म लैजानुपर्छ ।’

जिल्ला यूवा समिति काठमाडौंका अध्यक्ष निरेशलाल सिंहको अध्यक्षामा आयोजित अन्तरक्रियामा बोल्दै उनले भने,‘हरेक दिन ३ जनाभन्दा बढि यूवाहरुको लास स्वदेशमा आउने गर्छ, खाडीमा ५० डिग्रीको घाममा काम गर्नुपर्ने, उँट चराउनुपर्ने, भवन निर्माण गर्नुपर्ने बाध्यता छ, त्यो हटाउनको लागि हामीले प्रस्ट खाका सरकारलाई बुझाएका छौंं, प्रत्येक शिक्षण संस्था, एक उद्यम, एक वडा एक उद्यमको योजना अघि सारेका छौं, यूवाहरुलाई सरकारले आश्वासन दिने काम गरेको छ, यस्तो आश्वासन भन्दापनि सिप र पैसा दिएको खण्डमा मुलुक समृद्ध बन्न समय लाग्ने छैन।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले यूवाहरुको सिप र दक्षतालाई देशको विकासमा लगाउन सरकारलाई आग्रह गरेका छन् ।धमलाले आर्थिक, समाजिक, साँस्कृतिक एवम् राजनीतिक क्षेत्रमा यूवाहरुको बलियो उपस्थिति हुनुपर्ने समेत धारणा राखे ।

कार्यक्रममा यूवा गैर–सरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी, अनईयर मिडिया प्रालीका अध्यक्ष भागिरथ पोखरेल, यूवा परिषद्की सदस्य भावना भट्ट लगायतले आफ्ना धारणा राखेका थिए ।सात दिने उद्घोषणमा सहभागी भएका १५ जनालाई आज प्रमाणपत्र वितरण समेत गरिएको थियो । जिल्ला यूवा समिति काठमाडौंकी कार्यालय प्रमुख कमला ज्ञवालीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु