रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

अटिजमको विषयमा अन्तरक्रिया कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २२, शुक्रबार ११:२८

शर्मिला विश्वकर्मा/काठमाण्डौं-अटिजम केयर नेपाल समाजको आयोजना तथा माइराइटको सहयोगमा विभिन्न सञ्चारकर्मीहरु विचमा अटिजम विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो ।

उक्त छलफलको क्रममा अटिजम केयर नेपाल समाजकी परियोजना प्रवन्धक लक्ष्मी कार्कीले संस्थाले अटिजम अपाङ्गता भएका बालबालिकाहरुका लागि सञ्चालन गरेका क्रियाकलापहरुको विषयमा जानकारी गरादै अवलोकन पनि गराउनु भएको थियो ।

सो कार्यक्रममा अटिजम केयर समाज नेपालकी सचिव निलम गौतलमले सबैलाई स्वागत गर्दै अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा समाजमा जनचेतना जगाउनको लागि सञ्चारकर्मीहरुको ठुलो भूमिका रहेको बताउनु भयो । त्यसै गरी अटिजम केयर नेपाल समाजका प्रशासकिय प्रमुख सुरेन्द्र बज्राचार्यले अटिजम अपाङ्गतको विषयमा सही सूचना दिन जरुरी रहेको बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा अटिजम केयर नेपाल समाजकी अध्यक्ष सुनिता मलेकु अमात्यले अटिजम रोग नभएर मस्तिष्कको अवस्था भएको बताउदै यसका लक्षण, अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा प्रष्ट पार्नु भएको थियो । साथै उहाँले अटिजम अपाङ्गता भएका व्यक्तिहरुको लागि संस्थाले विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउदै आएको पनि जानकारी दिनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु