दुर्घटनामा दाङ्ग र रोल्पाली सहित १८ मजदुरको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २२ गते, शुक्रबार ११:३४

प्रेम सुनारबुटवल -आज दिउँसो मुस्ताङ्गमा ट्रिपर गाडी दुर्घटना हुँदा १८ जना मजदुरको घटना स्थल मै ज्यान गएको छ । दुर्घटनामा १४ जना गम्भीर घाईते भएका छन ।दिउँसो साढे १ बजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्काउने क्रममा बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिटर तल खस्दा ति मजदुरहरुको ज्यान गएको हो । मृतकहरु अधिकांस दाङ्ग र रोल्पाका छन ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले दिएको जानकारी अनुसार मुस्ताङ्गको लो–घेकर दामोदर कुण्डा गाउँपालिका वडा नम्वर ३ स्थित स्याङवोछे भन्ने स्थान र घिलिङ्ग गाउँका बिचमा पर्ने स्थानमा उक्त दुर्घटना भएको हो ।मृत्यु हुनेहरुमा क्रमशः रोल्पाका १९ वर्षिय महेश रोका, ३२ वर्षिय रामकुमार पुन, ३२ वर्षिय सन्तु घर्ति, ३१ वर्षिय दिलमाया घर्ती  रहेका छन । त्यस्तै दाङ्गका ३० वर्षिय वालकुमार घर्ति , ३१ व्र्षिय कविता घर्ति मगर, ४३ वर्षिय शान्ति थापा, ३२ वषिय सुवेर चौधरी , २५ वर्षिय कमल बुढा ,  रहेका छन ।

 

त्यस्तै धादिङ्गका २३ वर्षिय सुजन घलान , सिन्धुलीका २० वर्षय जिवन माझी , कैलालीका २२ वर्षिय विनिता थापा कपिलबस्तुका ३५ वर्षिय कमानसिंह रोका र स्याङ्गजाका २४ वर्षिय कृष्ण क्षेत्री रहेका छन ।यो समाचार लेख्दा लेख्दै घाईतेहरु मध्ये प्रहरीले थप तिन जना रोल्पाका मजुदुरहरुको मत्यु भएको जानकारी दियो । थप मृत्यु हुनेहरुमा ३१ व्र्षिया जितमाया घर्ति, २० वर्षिया सिर्जना घर्ति र २३ वर्षिय राष्ट्रे रोका रहेका छन ।

घाईतेहरुको उपचारका लागि सदरमुकाम जोमसोङ्ग जिल्ला अस्पताल तर्फ लैजाँदै गरिएको प्रहरीले जनाएको छ । घटना स्थलबाट सदरमुकाम ५० किलो मिटर दुरीमा पर्छ । ५ जना घाईतेलाई जिपमा भर्खर हिडालिएको छ ।अविरल वर्षाका कारण सडक ठाउँ ठाउँमा पहिरो गएको छ । त्यस कारण छिटो उनिहरुलाई अस्पताल पुराउन नसकिएको प्रहरी बताउँ छ । अव बाँकी १४ जना घाईतेहरु प्राय सवैको अवस्था चिन्ताजनक रहेको मुस्ताङ्ग प्रहरीले जानकारी दियो ।

ति मजदुरहरु विरुवा कन्ट्रक्शन प्रा.लि. मार्फत मुस्ताङ्गको त्यस स्थानमा सडक निर्माण कार्यमा पुगेका थिए । कतिपय श्रीमान श्रीमति र सन्तान सहित काम गर्न पुगेका उनिहरु मध्ये कतिपयका सन्तानको विचल्ली भएको छ । घटना स्थलमा रुवावासी थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु