पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

काठमाडौंमा असार २९—३१ गतेसम्म हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ हँुदै ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २३ गते, शनिबार १३:२०

 

असार २३। काठमाडौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले काठमाडौमा यही असार २९ दिेखि असार ३१ गते सम्म नेपालमा पहिलो पटक त्रिदिवसीय हिमवत् खण्ड कला सािहत्य सम्मेलनको आयोजना गर्ने भएको छ ।


काठमाडौको नेपाल पर्यटन बोर्डमा आयेजित पत्रकार सम्मेलन मार्फत आज सो कार्यक्रमबारे पत्रकारहरुलाई जानकारी गराइयो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मदन भण्डारी कला सािहत्य प्रतिष्ठानका सदस्य सचिव डा. देवी नेपालले आदिकवि भानुभक्तको २ सय ५ औं जन्म जयन्तिको अवसरमा आयोजना हुने सो कार्यक्रमले जहाँ नेपाली पुगे त्यहाँ भानुभक्तको साहित्य पुगेकाले यस खालको बृहत कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।


यसैगरी पत्रकार भेटघाट कार्यक्रमलाई सक्षिप्त जानकारी गराउँदै कार्यक्रममा संयोजन डा. राजेन्द्र सुवेदीले आदिकवि भानुभक्तलाई नेपालको विश्व कवि बनाउनु पर्ने बताउनु भयो ।
सम्मेलनको कार्यसूचि अनुसार पहिलो दिन काठमाण्डौको सांस्कृतिक संस्थानमा दिनको १२ बजे सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली बाट सम्मेलनको उदघाटन हुने भएको छ । पहिलो दिनको उदघाटन समारोह सत्र दिनको १२ बजेदिेखि अपरान्ह ४ बजेसम्म रहने भएको छ ।
त्यसैगरी सम्मेलनको दोस्रो दिनको कार्यसूचि अनुसार काठमाडौको कमलपोखरीस्थित रुसि सांस्कृतिक संस्थानमा विहान ११ बजे देखि अपरान्ह २ बजेसम्म देश विदेशबाट आएका विभिन्दद व्यक्तिहरुले कार्यपत्रहरु प्रस्तुती गर्ने रहेको छ भने सोहि दिन अपरान्ह ४ः३० बजेबाट सांझ ६ बजेसम्म रुसि सांस्कृतिक केन्द्रमा नेपालका ख्यातिप्राप्त कलाकारहरुबाट हास्यव्यङ्गको प्रस्तुती रहने भएको छ ।
यसैगरी सम्मेलनको अन्तिम दिन असार ३१ ग्ते काठमाण्डौ जिल्लाकै मनोरम स्थान चन्द्रागिरीमा चन्द्रागिरी सिर्जनयात्राा कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमको सूचि अनुसार चन्द्रागिरीमा विहान ८ बजे चन्द्रागिरी केबलकारबाट यात्रा शुरु हुने कार्यक्रम अभिमुखीकरण, चन्द्रागिरीको स्थलगत निरीक्षण, चन्द्रागिरी समृद्धिको स्वर, नेपालबाहिरका नेपाली कविताको प्रस्तुती हँुदै अपरान्ह १ः३० देखि ४ बजे सम्म समापन समारोहको आयोजना गरिएको छ ।
सो समारोहको समापन सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट हुने फाउन्डेशनले जनाएको छ ।
कार्यक्रममा छिमेकी देश भारत , म्यानमार, बेलायत, अमेरिका , जापान लगायत १३ वटा देशको सहभागिता हुने मदन भण्डारी फाउन्डेशनका सचिवालय सदस्य देवराज घिमिरेले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु