चक्रपथ सरसफाई महा-अभियानको ६५ औं हप्ता पुरा ४५० जनाको उपस्थित(फोटो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २४ गते, आईतवार ०४:३७

काठमाडौं-चक्रपथ सरसफाई महा-अभियानको ६५ औं हप्ता पुरा भएको छ। शनिबार बनस्थली चोक देखि ढुंगेधारा   सम्म सरसफाई गर्दै ४५० अभीयन्ताले त्यस क्षेत्रको १२ टन फोहर ब्यबस्थापन गरेका छन्।

सरसफाई अभियानमा ग्रिनसिटि अस्पताल , पत्रकार ,कलाकार ,नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाल प्रहरी,स्थानिय क्लब, एती हेल्थ साईन्स कलेज,हिमालयन बाताबरण,क्लिन काष्ठमण्डप ,नेप्से म्याक ,नगरपालिका प्रहरी  लगाएत स्वत स्फुर्त सहयोगी हातहरुको सहभागिता रहेको थियो।

चक्रपथ सरसफाई महा-अभियानको ६५ औं हप्तामा सडक दायाबायामा भएका अब्यबस्थित टहराहरु हटाइएको छ।चक्रपथ सफाई महाअभियानद्वारा संयोजन गरी बुटवल उप महानगरपालिका र वडा नं ९ मा पनि सरसफाई सुरु भैरहेको छ ।

अभियन्ता एवं संयोजक लोक बहादुर टण्डनले चक्रपथलाई सफा हराभरा पारि नमूना बनाउन फोहरफाल्ने प्रवृतिलाई मुहानबाटै रोक्नुपर्छ अनिमात्र सडक,बस्ति, शहर लाइ फोहर मुक्त बनाउन सकिन्छ भन्दै देशभरिनै अभियान शुरु गरेको बताउनुभयो।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु