बुटवल-एशियन लाईफ इन्स्योरेन्स बुटवल शाखाले विमा रकम हस्तान्तरण गरेको छ ।पछिल्लो पटक असार २४ गते अल्पायु मै निधन हुनु भएकी अर्घाखाँची ठाडाकी दीलकला भट्टराईको विमा वापतको रकम उहाका श्रीमान कृष्ण प्रसाद भट्टराइलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो ।
कम्पनीका शाखा प्रबन्धक कृष्ण कुमार पुरिले कम्पनीको प्रदेशिक कार्यलय बुटवलमा रु २ लाख ५१ हजार बरावरको चेक हस्तान्तरण गर्दै जिवन बिमा भैपरी आउने भावितव्य तथा वालबच्चाको उज्वल भविष्यका लागि उत्तम विकल्प हुने बताउनुभयो । उहाले दैनिक १० रुपैयाबाट १० लाख बरावरको वीमा गर्न सकिने हुदा त्यस तर्फ एशियन लाइफ अगाडि बढेको बताउनुभयो ।
चेक हस्तान्तरणमा कम्पनिका कर्मचारी बिकाश अधिकारी,विमित पक्षका व्यत्तिहरु तथा अभिकर्ताहरु लगाएतको उपस्थिती थियो ।