बुटवल-असार महिना लागे सङै नेपाली गित संगीतमा तिज गितले छपक्कै छुन लागेको छ। भाद्र अन्तिममा तिज रहेपनी असार को दिन छ्दै कलाकारले गित बजारमा ल्याउने क्रम सुरु भएको छ। तर पछिल्लो समयमा तिज गितको नाम दिएर दोहोरी गित बजारमा ल्याउनेको पनि कमि छैन जाहा तिजको भाब झल्किएको हुदैन। मौलिक गित र तिजको मौलिक पन बोकेको गित भने निकै कम आउने गरेका छ्न।
सोही मध्यको एक मौलिक तिजगित हाम्रा बाबाको तिन तले घर तीज गित सार्वजनिक भएको छ।डिजिटल स्टार पोखराको प्रस्तुतिमा तारा पौडेल श्रेष्ठको आएको गितमा मौलिक पन देखिएको छ। कर्ण प्रिय शब्द श्रीजनामा अब्बल मानिएका श्रजक शिव अकेलीको शब्द र तारानाथ आचार्य को संगीत अनि तारा पौडेल श्रेष्ठको स्वरमा गित बजारमा आएको हो।
उक्त गितमा नृत्य निर्देशन राजु गुरुङले गरेका छ्न भने प्रमोद गुरुङले छायांकन गरेका हुन।गितमा अभिनय रुबिना अधिकारी र अस्मिता गौतमले गरेका छ्न,भने सम्पादन नवीन केसिले गरेका हुन।गितको निर्देशन तारानाथ आचार्य ले गरेका हुन।