डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माँग औचित्यहिन र वाहियात हो :डा. मिश्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २५, सोमबार १२:१३

काठमाडौं -काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने माँग अहिलेको सन्दर्भमा औचित्य र वाहियता रहेको जिकिर गरेका छन् । उनले भने,‘काठमाडौंमा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा औचित्यहिन छ, यो भन्दा औचित्यहिन अर्को कुरा हुनैसक्दैन्।’

अहिलेको परिवर्तित अवस्थामा अनशनरत डाक्टर गोविन्द केसीले पनि हठ छोड्नुपर्ने उनको सुझाव छ। उनले भने,‘यो ग्लोबल मार्केटको युग हो, मेडिकल कलेज खोल्नेहरुले गुणस्तरीय शिक्षा दिनुपर्छ, यो कुरा प्रधान हो।’ आज जनकपुर र विरगन्जमा रहेका मेडिकल कलेजमा विद्यार्थीहरु नपाएर बन्द गर्नुपर्ने अवस्थामा रहेको सुनाउँदै उनले भने,‘आज यी कलेजमा किन विद्यार्थी जाँदैनन् भन्दा यहाँ गुणस्तर र पूर्वाधार छैन, त्यसैले हामीले जोड दिने कुरा भनेको नै गुणस्तर र पूर्वाधार नै हो, यो मापदण्ड पूरा गर्ने मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ।’

समस्या समाधानका लागि बीचको बाटो अपनाउनुपर्ने धारणा राख्दै मिश्रले भने,‘अबको निकास बीचको बाटोबाट निकाल्नुपर्छ, केसीको समर्थन गर्ने सांसदहरुले अहिले सदनमा प्रस्तुत भएको विद्येयकमा संशोधन हाल्नसक्नुहुन्छ, किनकी बृहत्त छलफल गरौं।’जुम्लाजस्तो दुर्गम जिल्लामा पनि मेडिकल कलेज खोलेर सरकारले परिक्षण गरिसकेको दृष्टान्त पेश गर्दै उनले उक्त कलेज अहिलेसम्म सञ्चालनमा आउन नसकेको बताए ।

उनले भने,‘काउन्सिलले जहाँ कलेज खोलेपनि मापदण्ड पूरा नगरे छोड्दैन्।’ अब मेडिकल कलेज खोल्न पाईदैन भन्नु भनेको भैरहेका मेडिकल कलेजहरुको सिण्डिकेट र एकाधिकार कायम हुनु भएको र यो राष्ट्रघात हुने उनको भनाई छ ।
डाक्टर केसीलाई देवत्वकरण गरिएको आरोप लगाउँदै उनले भने,‘केसीले गरेका कामहरु सबै राम्रा मात्रै छन् भनेर उनलाई देवत्वकरण गरियो, मानौं उनी संविधानभन्दापनि माथि छन् जस्तो, केसीका कारण जनता मर्नुहुँदैन्, एकजना डाक्टरको हठका कारण सारा जनताले दुःख पाउनु भएन्, यदि उहाँले राजनीति नै गर्न खोजेको हो भने राजिनामा दिएर सडकमा आउनुपर्यो, उहाँकै कारण आज त्रि.वि. शिक्षण अस्पतालको अवस्था बेहाल छ, जिम्मेवार व्यक्तिले यस्तो काम गर्नु शोभनीय छैन्।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु