ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

टिप हिरोबाट सम्मानित दनुवारले भनिन् : मानव बेचबिखनको बिरुद्धमा लड्नको लागि हौसला प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २६, मंगलवार १२:२३

काठमाडौं-अमेरिकी पुरस्कार ईन पर्सन रिपोर्टर्स अवार्डद्धारा मानव बेचबिखनबिरुद्धको अभियान शक्ति समुह परिवारकी कार्यकारी निर्देशक सुनिता दनुवार सम्मानित भएकी छन् ।रिपोर्टर्स क्लब नेपालमा शक्ति समूह परिवारले पत्रकार सम्मेलन गरेर अमेरिकी सरकारको प्रतिष्ठित प्रतिष्ठान टिप हिरो–२०१८ बाट सुनिता दनुवार सम्मानित भएको जानकारी गराएको हो ।

संस्थाकी अध्यक्ष बालकुमारी रानाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अवार्डडेड सुनिता दनुवारले उक्त सम्मानले अझै मानव बेचबिखनको बिरुद्धमा लड्नको लागि हौसला प्रदान गरेको सुनाईन् ।उनले भनिन्,‘आजको दिनमा पनि विभिन्न बहानामा नेपाली चेलीहरु संसारका विभिन्न देशमा पशुसरह बेचिन पुगेकी छन्, मलाई यो अवार्डले महिला शसक्तिकरण र प्रभावितहरुलाई पुर्नस्थापना गर्ने काममा लाग्न झनै ठूलो हौसला मिलेको छ, मानव बेचबिखनजस्तो अपराधिक काम निरुत्साहित हुनुको साटो बढिरहेको छ|

हामी सबैले मिलेरमात्रै मानव बेचबिखनलाई समाप्त पार्न सक्छौं, स्वयम् हामीपनि प्रभावित व्यक्ति हौं, अनेकन बाहनामा नेपाली चेलीबेटीहरु भारत, खाँडी मुलुक र अन्य तेस्रो मुलुकहरुमा बेचिन पुगेकी छन्, यस्तो बिकराल स्थितिको अन्त्य गर्नुको विकल्प छैन् ।’अस्थिर राजनीति, बेरोजगार, शिक्षाको कमी, प्रेम बिवाहजस्ता कुराहरुका कारण नेपाली यूवतीहरु अत्याचारको भुमरीमा फसेको बताउँदै सम्मानित भएकी दनुवारले एकसय ५० जनाको उद्धार, ७ सय बढिको पुुनःस्थापना गरेको जानकारी दिएकी छन् ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले काम गरेको आधारमा नेपाली पत्रकारहरुले समाचार लेख्नुपर्नेमा जोड दिएका छन् ।अमेरिकी संस्थाबाट सम्मानित भएकी सुनिता दनुवारलाई बधाई दिँदै धमलाले भने,‘नेपालको शिर एकपटक फेरी सगरमाथाजस्तै उचो बनेको छ, सुनिताजीले यस्तो अनुकरणीय काम गर्नुभएको छ, हामीले हिजोका दिनहरुमा प्रधानमन्त्रीले यस्तो भने उसो भने भन्दै समाचार प्रकाशन गर्यौ, अबका दिनहरुमा जसले काम गर्छ उसैको समाचार लेख्नुपर्छ, महिला शसक्तिकरणको अभियानमा मेरो सधँै साथ छ, हामी १६ हजार पत्रकारहरु साथमा छौं ।’

मानव बेचबिखन नेपालको लागि मात्रै नभई विश्वकै डरलाग्दो विषय भएको भन्दै सरोकारवालाहरुले सरकारलाई साथ दिन आग्रह गरेका छन् । १८० देश मध्येबाट छानिएका १० जना समाजिक अभियन्ताहरुबाट सुनिता दनुवार टिप हिरो बन्न सफल भएकी हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु