दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टचार भेटघाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २७, बुधबार ०७:४६
काठमाडौं-राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगो ( Masamichi Saigo ) ले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले जापानले नेपालको पूर्वाधार निमार्ण, भूकम्पपछिको पुर्ननिर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुैभयो । ‘नेपालको भौतिक, आर्थिक, मानव संसाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतको विकासमा सहयोग निरन्तर हुनेछ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो । साथै उहाँले बुद्धको जन्मभूमी नेपालमा विशेषगरी जापानंका बुद्ध धर्मालम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबूद बनाउन सहयोग पुगेको बताउनुभयो । यसैबीच राजदूत सिगो कुटनीतिज्ञ संगै एक कृषि विशेषज्ञ भएको जानकारीमा आएको बताउँदै उहाँले भन्नुभयो, ‘तपाईंको कृषि क्षेत्रको विशेषज्ञताले कृषिप्रधान देश नेपालले यसको आधुनिकिकरण तथा प्रविधि प्रयोगमा सकारात्मक प्रभाव ल्याउने अपेक्षा लिएको छु ।’

अध्यक्ष तिमिल्सिनाले विगतको संसदमा नेपाल जापान संसदीय मैत्री समूह गठन भएको र अब संघीय संसदको नेपाल जापान संसदीय मैत्री समूह गठन गर्ने जानकारी गराउनुभयो । उहाँले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई प्रभावकारी बनाउन जनता, सरकार र संसदसँग सम्बन्ध चाहेको बताउनुभयो । उहाँले आफू कृषि क्षेत्रको व्यक्ति भएकाले जापानमा प्रयोग भएको कृषि प्रविधिले नेपालमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु