पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

कानून निर्माणलाई तीव्रता दिएको छः मुख्यमन्त्री पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २७ गते, बुधबार ११:४३

बुटवल- मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताउनुभएको छ ।

बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) का देशीय प्रमुख डा रुरिक मार्सदेनसंगको भेटमा उहाँले भन्नुभयो, “अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।”

मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गर्नुभयो ।

डिएफआइडीका प्रमुख डा मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीेले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ भन्नुभयो । (रासस)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु