रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

आफूमात्रै सत्य अरु सबै मिथ्या भन्ने ओलीको सोच अधिनायकवाद : पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २७, बुधबार ११:५७

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग कुनै राजनीतिक दल वा समुहका पक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले माथेमा प्रतिवेदनले दिएका सुझाबका आधारमा ल्याईएको अध्यादेशको साटो प्रतिवेदनको भावनाविपरित सरकारले प्रतिस्थापन विधेयक ल्याएकाले अहिलेको समस्या निम्तिएको आरोप लगाए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि १५ औँ पटक अनशनमा बसेका गोविन्द केसीको माग जायज भएकाले कांग्रेसले समर्थन गरेका बताउँदै पाण्डेले केसीको जीवनरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

केसीलाई कांग्रेसले उछालेको भन्ने आरोपको खण्डन गर्दै पाण्डेले भने,“केसीलाई हामीले उचालेका छैनौँ । उहाँलाई देखाएर कांग्रेसले राजनीति गरेको होईन । त्यो अवस्था आइसकेको छैन । कांग्रेस कमजोर छैन । जनताको हितमा भएका जायज मागको पक्ष लिएका मात्रै हौँ ।”

प्रधानमन्त्री केपी ओलीले केसीको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै पाण्डेले अधिनायकवादको संकेत देखिन थालेको जिकिर गरे । “प्रधानमन्त्री ओलीले संसदमा भन्नुभयो, कोही एउटा व्यक्ति मर्छ भन्दैमा माग पूरा गर्न सकिँदैन । कोही व्यक्ति यति भाग्यमानी छन् कि जुम्लातिर गएर सुतेपनि ठूला–ठूला समाचार बन्छन् । यस्तो भनाई सर्वसत्तावाद नभए के त रु” पाण्डेले प्रश्न गरे ।

आफूमात्रै सत्य अरु सबै मिथ्या भन्ने ओलीको सोच अधिनायकवाद भएको उनको तर्क थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु