एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल गरेन : डा. उपाध्यक्ष पौडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २७ गते, बुधबार १२:०१

काठमाडौं- नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि श्वेत पत्र जारी गर्न सरकारलाई सुझाब दिए । चिकित्सा शिक्षा क्षेत्रको सुधार र केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्नुपर्नेमा उनले जोड दिए ।

चिकित्सा शिक्षालाई सरकारले निजिकरण गर्न खोजेका कारण गोविन्द केसी अनशन बस्न बाध्य भएको पौडेलको आरोप थियो । नेपालको चिकित्सा सेवा काठमाडौं केन्द्रित भएको भन्दै उनले जुम्लामा खोलिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत सेवा समेत हुन नसकेको बताए ।

“जुम्लामा विशाल अस्पताल छ । तर ब्लड कल्चरसमेत गर्ने व्यवस्था छैन । यो सब निजीकरणका नाममा भएको कमजोरी हो ।” पौडेलले भने ।

अहिले मेडिकल कलेजको मान्यताका लागि भइरहेको चलखेल कमिसन र चन्दाका कारण भएको उनले बताए । “चुनावमा निजी क्षेत्रसँग चन्दा मागियो । अहिले तिनै व्यक्तिको मेडिकल कलेज जोगाउनका लागि सरकार लागिपरेको छ । अनि कसरी जनताको हितमा विधेयक बन्छ रु” पौडेलले भने ।

भ्रष्ट नेता र मन्त्रीलाई रद्दीको टोकरीमा नफालेसम्म देश विकास नहुने उनको जिकिर छ । माथेमा प्रतिवेदन किन कार्यान्वयन हुन सकेन भनेर पौडेलले प्रश्न गरे ।

नेपालमा अहिलेपनि चिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्रको ८० प्रतिशत र सरकारको २० प्रतिशत मात्रै योगदान रहेको पौडेलको दाबी छ ।

पौडेलले रिपोर्टस क्लबमा भएको बहस फलदायी हुने भन्दै आजको बहसले पनि एउटा निश्कर्ष निस्कने विश्वास व्यक्त गरे । विगतमा पनि डाक्टर केसीको अनशन र मागका ’boutमा क्लबका सभापति ऋषि धमलाले एजेण्ढा उठान गर्दा सहमति जुट्ने गरेको पौडेलले सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु