एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

बुटवलबाट पोखरा जादै गरेको बस भालेवासमा दुर्घटना, २० यात्रु घाइते, एक गम्भिर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २८ गते, बिहीबार ०६:३६

बुटवल-बुटवलबाट पोखरा जादै गरेको यात्रु बस आज बिहानै पाल्पाको भालेवासमा दुर्घटना हुदा २० यात्रु घाइते भएका छन । बस सडकबाट करिव ५० मिटर तल खोलामा खसेको छ ।

पाल्पाबाट नेपालगन्ज जाँदै गरेको लु १ ख ८१२७ नम्बरको बस र बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस पाल्पाको भलेबासमा दुर्घटनामा परेका हुन ।दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन ।तानसेन नगरपालिका ८ का ३५ वर्षिय बिष्णु मल्लको टाउको गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाइ उपचारका लागी मेडिकल कलेज प्रवास ल्याइएको छ । अन्य घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बिष्णुको बाहेक अन्य कसैको पनि टाउकोमा चोट छैन, हात खुट्टा भाचिएका र सामान्य चोटपटक लागेकाहरु छन, सबैलाइ उपचारका लागी अस्पताल पुर्याइसकिएको छ” जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक बिनोद घिमिरेले बुलेटिन नेपालालाइ भने ।

मोडमा बिपरित दिसाको सवारिलाइ साइड दिदा दुर्घटना भएको  घिमिरेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु