रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

वर्षाले अस्तव्यस्त भक्तपुर (फोटोफिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २८, बिहीबार ०६:५१

काठमाडौँ — लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

त्यसैगरी भक्तपुरको जगाते, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न विद्यालयहरु समेत डुबानमा छन् । सिद्धिस्मृति, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको छ । विद्यालयहरू पनि डुबानमा परेको छ ।

हनुमन्ते खोला आसपासका क्षेत्र र ठिमी लगायतका क्षेत्रमा पानी पसेर सडक र खोला भन्दा ४ फिटसम्म उचाईमा पानी गए पछि घरभित्र पानी पसेको छ भने आवतजावत समेत निकै प्रभावित भएको छ ।

डुबानका कारण जगाती, लिवालीलगायतको क्षेत्रमा सवारी आवागन प्रभावित भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए । जगाती, लिवाली, निकोसेरा लगायत स्थानहरूमा सवारी आवागनमा समस्या परेकाले वैकल्पिक सडकको प्रयोग गर्नु आवश्यक भएको समेत उनले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु