ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २८, बिहीबार ०७:०९

बुटवल-आदिकवि भानुभक्त आचार्यको २०५आँै जयन्तीको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र बेलहियादेखि भैरहवाको भानु माविसम्म आज साहित्यिक दौड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा ३५ जना प्रतियोगीलाई उछिन्दै साढे पाँच किलोमिटर दूरीको सिद्धार्थ नगरपालिका–१२ शान्तिनगरका सुजन गुरुङ प्रथम हुनुभएको छ ।

यसैगरी, द्वितीय हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी बलबहादुर पुन रहनुभएको छ भने तृतीय स्थान ओमसतिया गाउँपालिका–४ बालापुरका लक्ष्मण श्रीस थापाले जित्न सफल हुनुभएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल डण्डा गुल्मका विजयराज गिरी चौथो हुनुभयो ।बेलहियाको नेपाल प्रवेशद्वारमा प्रतियोगिताको सिद्धार्थनगर पालिकाका प्रमुख हरिप्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको थियो ।

प्रतियोगीहरु बेलहियाबाट, डण्डा हँुदै भैरहवा बसपार्क देवकोटाचौक, नयाँसडक ब्रमेलीटोल, बुद्धचौक प्रभातपथ हुँदै भानु माविमा रहेको आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमासम्म पुगेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई भानु माविको सभा हलमा आयोजित सभा हलमा प्रतियोगिता आयोजक सिद्धार्थ साहित्य परिषद् र सिद्धार्थ नगरपालिकाले स्वागत गरेको थियो ।

सभा हलमा प्रतियोगिता समापन समारोहमा नगर प्रमुख अधिकारीले राष्ट्रिय विभूतिका रुपमा रहेका आदिकवि आचार्यलाई साहित्यकारहरुले मात्रै नभएर खेलमार्फत सम्झिने परम्पराको थालनी उदाहरणीय भएको बताउनुभयो ।परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता भएको कार्यक्रममा भानुजयन्ती मूल समारोहका सदस्य प्राडा कपिल लामिछाने, साहित्यकारहरु मणिराम भट्टराई, मोति सुवेदी, कृष्ण बस्यालले भानुभक्तको साहित्यिक कृतिमाथि प्रकाश पार्नु भएको थियो ।

प्रतियोगिताका प्रथम हुनेले रु आठ हजार नगद, द्वितीय हुनेले रु पाँच हजार र तृतीय हुनेले रु तीन हजार नगद प्राप्त गर्नेछन् । उक्त नगद पुरस्कार र प्रमाणपत्र असार २९ गते भैरहवामा आयोजित भानुजयन्ती विशेष कार्यक्रममा प्रदान गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु