ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न पाउनुपर्छ : मधेशी चिकित्सक संघ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २८, बिहीबार १२:०६

काठमाण्डौ- मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौदेखि आन्दोलनरत डा. गोबिन्द केसीको अनशनप्रति सर्मथन जनाएको छ ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले डा. केसीको जीवन रक्षाको निम्ति अपिल गरेको हो । संघका प्रवक्ता डा. विनय पञ्जियारले माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न चिन्ह खडा भैसकेको बताउँदै उक्त प्रतिवेदनलाई पूनरावलोकन गरिनुपर्ने माग गरे ।

‘डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले पहल गर्नुपर्छ’

उनले भने,‘सरकारले अब उपत्यकाभन्दा बाहिर मेडिकल कलेज खोल्ने बाटो खोलिदिनुपर्छ, यसमा अनशनरत डाक्टर केसीले पनि विरोध गर्नुहुँदैन, कि त सरकारले आफ्नै लगानीमा सुपर स्पेसियालिटीसहितका अस्पताल खोलिदिनुपर्छ, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरुको मापदण्ड पूरा गरेका मेडिकल कलेजहरुलाई ढिलो नगरी सम्बन्धन दिनुपर्छ ।’
डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गैरहेको बताउँदै उनले केसीको जीवन रक्षाको लागि सरकारले गम्भिर र छिटो कदम चाल्नुपर्ने माग गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु