रङ्गकर्मी नानी थापाको जन्मदिनको पावन अवसर स्वेताश्री फाउन्डेसनलाई सहयोग हस्तान्तरण(फोटो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २८ गते, बिहीबार १३:०९

काठमाडौं -रङ्गकर्मी नानी थापाको जन्मदिनको पावन अवसर पारेर लोटस फोटोग्राफी स्कुलको प्रस्तुती रहेको उहाँद्वारा लिखित, निर्देशित र प्रस्तुत एकल नाटक जूनकिरी जुन गुरु अशेष मल्लप्रती गुरु दक्षिणास्वरुप समर्पण गरिएको थियो जसबाट सन्कलित आर्थिक सहयोग रु. एक लाख सिन्धुपाल्चोक दोलालघाटको एकीकृत नमुना माझी बस्ति निर्माण सहयोगार्थ गुरु नाट्यकर्मी अशेष मल्ल र आमा लिला थापाको हातबाट स्वेताश्री फाउन्डेसनकि अध्यक्ष नायिका तथा समाजसेवी श्वेता खड्कालाइ सास्कृतिक सस्थान नाचघरको उहि जूनकिरी मन्चन भएको मन्चबाट हस्तान्तरण गरिएको थियो|

साथै नाटकको लेखकिय, निर्देशकिय, प्रस्तुती र यसको विषय वस्तु तथा सान्दर्भिकताको बारेमा बहस कार्यक्रम समेत चलाइएको थियो जसलाइ समालोचक जिके पोख्रेलले सहजिकरण गर्नुभएको थियो र बक्ताहरुमा नाट्यकर्मी अशेष मल्ल, प्रोफेसर डा.सावित्री मल्ल, समालोचक डा. बिन्दु शर्मा,आख्यानकार ढकाल राधेश्याम,भिडियो निर्देशक समन अधिकारी र सास्कृतिक सँस्थानका प्रवन्ध निर्देशक राजेश थापा लगायत हुनुहुन्थ्यो भने स्वेताश्री फाउन्डेसनको तर्फबाट स्वेता खड्का र यज्ञ कार्कीले सुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो|

सन्चारकर्मी दीपज्योती थापाले सन्चालन गरेको एकल नाटक जूनकिरीको सहयोग तथा बहस कार्यक्रम नाटककै सुभेक्षुकहरु, दर्शकहरु र परिवारका केही सदस्यहरु को माझमा जूनकिरिको सफलताको केक काटेर प्रेम,सद्भभाव र शुभकामना साटासाट गरि कार्यक्रम सम्पन्न भएको थियो|

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु