आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

‘एयर कन्डिशनर’ले गर्मी बढाइरहेको दाबी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २९ गते, शुक्रबार ०७:४२

गर्मी अत्याधिक बढेमा तपाईं के गर्नु हुन्छ ? चिसो खानु होला, वा पंखा चलाउनु होला । यी बाहेक ‘एयर कन्डिशनर’ पनि अर्को विकल्प हुनसक्छ । ‘एयर कन्डिशनर’ को मुख्य काम भनेको कोठाको तापक्रम अनुकुल बनाउनु नै हो । तर एक अध्ययनले ‘एयर कन्डिशनर’ले गर्मी बढाइरहेको दाबी गरेको छ ।

बजारमा अत्यधिक माग रहेका विभिन्न ब्राण्डका ‘एयर कन्डिशनर’हरु पृथ्वीको तापमान बढाउन मुख्य कारक रहेको उक्त अध्ययनले जिकिर गरेको छ । वास्तवमा ‘एयर कन्डिशनर’ चलाउँदा विद्युतको खपत धेरै हुन्छ जसले गर्दा पर्यावरण थप उष्ण बन्दै गएको छ ।

वातावरणविद्का अनुसार यसैकारण सन् २ हजार पछिका १७ वर्षमध्ये १६ वर्षहरु अधिक गर्मी रहेका थिए । विभिन्न अन्तरराष्ट्रिय एजेन्सीका अनुसार सन् २०५० सम्ममा ‘एयर कन्डिशनर’ चलाउन आवश्यक हुने विद्युत आजको तुलनामा तीन गुणाले बढ्ने भनिएको छ ।

अर्थात, सन् २०५० सम्ममा विश्वभरका ‘एयर कन्डिशनर’ले खपत गर्ने बिजुली अहिले अमेरिका, युरोपेली संघ र जापानमा खपत भइरहेको बिजुलीको मात्रा बराबर हुन आउँछ ।

फ्लोरिडा विश्वविद्यालय सौर्य उर्जा केन्द्रका डेनी पार्कर साथीहरुसँग मिलेर लामो समयदेखि एयर कन्डिसनर र हिटिङ सिस्टम अझै धेरै प्रभावकारी बनाउने तरिका खोजिरहेका छन् । सन् २०१६ मा यस्तो एक यन्त्र पत्ता लगाइएको थियो, जसले पानीलाई वाष्पिकरणको माध्यमले चिसो बनाउँछ ।

यस यन्त्रलाई पारम्पारिक एयर कन्डिशनिङ युनिटको साथमा जोड्न सकिए यसले कम बिजुलीमा धेरै चिसो हावा दिन्छ । शोधकर्ताहरुका अनुसार युरोपेली मुलुकमा यसरी कुलिङ प्रणालीलाई ३० देखि ५० प्रतिशत सम्म राम्रो बनाउन सकिन्छ ।

प्रविधिको क्षेत्रको ठूलो कम्पनी सामसुङले विन्ड फ्रिनामको एक प्रविधि विकास गरेको छ जसले कोठाको तापक्रमलाई कम गरि कोठा चिसो बनाउँछ । सामसुङका अनुसार यो प्रविधि पारम्पारिक एयर कन्डिसनर भन्दा ३२ प्रतिशत फाइदाजनक छ । जसले वातावरणमा ‘एयर कन्डिशनर’को नकारात्मक प्रभावलाई न्यून गर्न मद्दत गर्ने छ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु