प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

बजारमा ९ वटा लेन्स भएको क्यामरा जोडिएको मोबाइल फोन आउदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २९, शुक्रबार ०७:५१

मोबाइल फोनको बजारमा ९ वटा लेन्स भएको क्यामरा जोडिएको मोबाइल फोन आउने भएको छ । यसअघि तीनवटा लेन्ससहितको क्यामरा भएको मोबाइल फोन बजारमा आएको थियो ।

लाइन नामक एक स्टार्टअप कम्पनीले ९ लेन्सयुक्त क्यामरा सेटअप भएको स्मार्टफोन लञ्च गर्ने जानकारी गराएको हो । यसअघि यो कम्पनीले १६ लेन्सयुक्त क्यामरा प्रणाली प्रदर्शन गरेर चर्चा बटुलेको थियो ।

यी विवरण सार्वजनिक भएसँगै स्मार्टफोनको मुख्य क्यामराको आसपासमा नौ वटा लेन्सलाई कस्तो प्रकारले राखिएको होला भन्ने विषय अश्चर्यजनक बनेको छ ।

प्रोटोटाइप डिभाइसबाट यो खुलासा भएको छ कि क्यामराको वरिपरि वृत्ताकार तरिकाले सोलार सिस्टममा जस्तै गरी लेन्सहरु रहने छन् । यसमा जोडिएका लेन्सको साइज फरक फरक हुने भनिएको छ

। मोबाइलमा जोडिएका ९ वटा लेन्सहरु कुनै पनि वस्तुसँग सम्बन्धित जानकारी तथा विशेषताहरु खिच्न प्रयोग हुनेछन् ।

उत्कृष्ट फोटोग्राफीका लागि यी फोटोग्राफिक विवरणलाई एक अल्गोरिदमका माध्यमबाट प्रोसेसिंग गरिन्छ ।

यस स्मार्टफोनको क्यामराबाट ६४ मेगापिक्सेलको तस्वीर लिन सकिने दाबी कम्पनीले गरेको छ । साथै यसबाट निकै शानदार कम प्रकाशवाला तथा डेप्थ इफेक्टयुक्त फोटो खिच्न सकिन्छ ।

कम्पनीको दाबी अनुसार यो स्मार्टफोनको क्यामराले डिएसएलआर क्यामरालाई पनि प्रतिस्थापन गर्ने क्षमता राख्दछ ।

उत्पादकका अनुशार यो स्मार्टफोनको मूल्य १ हजार ९ सय ५० अमेरिकी डलर हुने बताइएको छ ।

लाइट कम्पनीको लगानीकर्ता मध्येको एक फक्सकोन पनि हो । यद्यपि, यो स्मार्टफोन कहिले लञ्च गर्ने भन्ने चाहीँ खुलासा गरिएको छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु