तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २, बुधबार ०६:५०

काठमाण्डौ -जुम्लामा पुगेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको छ ।

पछिल्लो समय सास फेर्न कठिन भएपछि डा. केसी आत्तिने गरेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार आइतबार रातिदेखि देखिएको श्वासप्रश्वासको समस्या बढ्दै गएको छ । मंगलबार बिहान चार बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो । अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो ।

विगत १० दिनदेखि केसीको मुटुको चाल बढ्दो क्रममा छ । मुटुको चाल बढ्नु ठूलो खतरा रहेको चिकित्सकहरुले बताएका छन् ।

यसैगरी स्लाइन चढाइएको हातमा संक्रमण देखिएको छ । यसले रगतको माध्यमबाट शरीरमा संक्रमण फैलन सक्ने खतरा बढाएकोछ ।

घाँटीमा देखिएको संक्रमणसमेत बढ्दो क्रममा छ । डा. केसीले कुनै पनि औषधि लिन नमानेका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको हो ।

मस्तिष्कमा देखिएको समस्याले बेलाबेलामा डा. केसी बर्बराउन थालेका छन् । त्यसैगरी शरीर बाउँडिने समस्याले डा. केसी थलिएका छन् । उनलाई चिकित्सकहरुले दिनहुँ फिजियोथेरापी सेवा दिइरहेका छन् ।

डा. केसीको रगतमा पोटासियमको मात्रा अत्यन्तै कम (हाइपोक्यालेमिया) देखिएको छ ।

वार्ताबाट समस्या समाधान गर्नुपर्ने केसीको एजेण्डाका विषयमा भने सरकारले तत्परता देखाएको छैन ।

सरकारले वार्ताको वातावरण बनाउन नसकेको केसी पक्षको आरोप छ ।

यसअघि काठमाण्डौमा बसको वार्ता असफल भइसकेको छ ।

संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सरकार सहमत नभएपछि १८ दिनदेखि अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतिबिनै टुंगिएको छ ।

मन्त्रिपरिषद्ले वार्ता टोली गठन गरेसँगै राजधानीमा पटकपटक वार्ता भए पनि सरकारी वार्ता टोली चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गरी छाड्ने अडानबाट टसमस नभएपछि वार्ता निष्कर्षविहीन भएको हो ।

मन्त्रिपरिषद् बैठकले सोमबार शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। सरकारी वार्ता टोली बनेलगत्तै डा.केसी पक्षले पनि वार्ता टोली बनाएसँगै सोमबार साँझ पहिलो चरणको वार्ता भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु