चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २, बुधबार ०८:४३

बुटवल/रासस-बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ ।इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हँुदै गएको देखाएको छ ।

भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागुऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताउनुभयो ।

उहाँले त्यसको लागि जनचेतानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागुऔषध कारोवार दोब्बर वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा लागुऔषध कारोवारको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७३/७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४/७५ मा ८४ वटा लागुऔषध कारोवारको मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु